arrow

सरकारमा कुनै पार्टी छैन : मन्त्री महासेठ

logo
निरंजन कुमार साह,
प्रकाशित २०७५ चैत ३ आइतबार
ragubir-mahaset.jpg

जनकपुरधाम । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले बजेट ल्याउनु ठुलो कुरा नभइ काम गर्नु ठुलो कुरा भएको बताएका छन् ।  श्री राधाकृष्ण सार्वजनिक पुस्तकालयका नवनिर्वाचित पदाधिकारीहरुको सपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा मन्त्री महासेठले सो कुरा बताएका हुन्।
 
मन्त्री महासेठले भने,'यो संघीय सरकारमा कुनै पार्टी छैन हामी जनताले बनाएको सरकार हौँ। त्यसैले हामी बिकासमा ध्यान दिइरहेका छौ ।'  मन्त्री महासेठले संघीय सरकार मातहत जनकपुरमा स्वास्थ बिज्ञान प्रतिठानको स्थपित हुन गैरहेको बताए ।

शनिबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ स्थित श्री राधाकृष्ण सार्वजनिक पुस्तकालय को पराङनमा भएको सो कार्यक्रमको दाता  राम चन्द्र साहको अध्यक्षतामा थियो ।

कार्यक्रम संयोजक एवं निर्वाचन अधकृत हरिलाल राउत ले राधाकृष्ण मन्दिर बाट पुस्तकालय मा परिवर्तन गरेको र २०२२ सालमा श्री राधा कृष्ण सार्वजनिक पुस्तकालय  जनकपुरधाम १४ स्थित  मुजेलियामा स्थापित भएको तथा जिल्ला प्रशासन कार्यालय मा पहिलो यस्तो संस्था दर्ता भएका थिए ।

नयाँ कार्यसमितिमा ११ कार्यसमिति सर्बसहमतबाट निर्वाचित भएको अध्यक्ष मा विद्याकर प्रसाद साह उपाध्यक्षमा राजकिशोर यादव संचिवमा राम शिनेही साह, सह-सचिव रामपृत साह, कोषाध्यक्ष पंकज मिश्र, सदस्य मा राम जस यादव ,मिथुन प्रसाद यादव,अरुण यादव,शम्भु यादव,भुपेन्द्र राउत, संजय राउत ले सर्वसहमतवाट निर्वाचित भएका छन ।

कार्यक्रममा प्रदेश नम्बर दुईका प्रदेश संसद किशोरी साह कमल, जिल्ला बिकास समितिका पुर्ब सभापति रामचलितर साह, लक्षमीनिया गाउपालिका अध्यक्ष बिन्देश्वर यादव,जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष शुभनरायन मण्डल , १४ का वडा अध्यक्ष पुर्न प्रताप यादव , उद्योग बाणिज्य संघ प्रदेश नम्बर दुई का अध्यक्ष सिवशंकर साह हिरा,लगायतले उपस्थित रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ