arrow

स्मिथ र वार्नरलाई अष्ट्रेलियाई टोलीले गर्‍यो न्यानो स्वागत

logo
प्रकाशित २०७५ चैत ३ आइतबार
smith-and-warner_aus.jpg

एजेन्सी। बल बिगारेको प्रमाणित भए पछि १ बर्षको प्रतिबन्ध लागेका दुई खेलाडी स्टेवन स्मिथ र डेविड वार्नरलाई अष्ट्रेलियाई क्रिकेट टोलीले दुबईमा स्वागत गरेको छ।

दुई खेलाडीले पाकिस्तानसँग पाँच एकदिवसीय क्रिकेट श्रृखंला खेल्न आएको टोलीसँग भेटघाट गरेका छहुन्। सबैलै खुल्ला हृदयले स्वागत गरेको र सबैले अंगालो हालेर दुई खेलाडी प्रति सम्मान देखाएका छन्।

प्रतिबन्ध फुकुवा हुन अझ केही समय बाँकी हुँदा विश्वकप अघिको अन्तिम श्रृखंला खेल्न नपाएका दुई खेलाडीले पुरै समय अष्ट्रेलियाई टोलीसँग बिताउने छ। उक्त कुराले गरेको संकेत के हो भने दुई खेलाडी विश्वकप क्रिकेट खेल्दैछन्।

अष्ट्रेलियाई टोलीको ड्रेसि, रुममा स्वागत गर्नुको अर्थ दुई खेलाडीलाई ड्रेसिङ रुमका नयाँ नियमहरुसँग परिचित गराउनु र सहज बनाउनु हो । टोलीका कोच जस्टिन ल्याङ्गरले ड्रेसिङ रुममा केही नयाँ नियमहरु ल्याएका छन्। खेलाडीहरुलाई प्रोत्साहित गर्न पुराना सफल खेलाडीहरुको कुरा गर्ने , राम्रा र ठूला जितहरु बरे गफ गर्ने र एकअर्कालाई राम्रो प्रदर्शनका लागि प्रोत्साहित गरिरहने आदी नियमहरु ल्याङ्गरले ल्याएका छन्।

डेविड वार्नरले आफु एकदम उत्साहित भएको र आफुले कहिल्यै छाडेरै नगएको जस्तो लागिरहेको बताएका छन्। सबैले राम्रो प्रदर्शन गरिरहेका छन् र भारत बिरुद्ध को श्रृखंला जित पछि पाकिस्तानसँगको श्रृखंला पनि जित्ने आशा वार्नरले गरेका छन्।

ब्यटीङमा सबैभन्दा राम्रो रन भएका दुई खेलाडीहरु टिममा आउने कुराले सबै खेलाडीहरु र कोच खुशि छन्। विश्वकप पछि एशेज श्रृखंला छ र त्यस्को तयारीका लागि पनि वार्नर र स्मिथ टिममा आउँदा अष्ट्रेलियाको प्रदर्शनमा सुधार आउने नै छ ।

स्टिव स्मिथले ६४ टेष्टमा ६१.३८को औषतमा २३ सतकको मदतले ६ हजार १ सय ९९ रन बनाएका छन्। त्यसैगरि एकदिवसीय अन्तराष्ट्रियमा १सय ८ खेलमा ४१.८४को औषतमा ८ सतकको मदतले ३ हजार ४ सय ३१ रन बनाएका छन्।

उता डेविड वार्नरले ७४ टेष्टमा ४८.२ औषतमा २१ सतकको मदतले ६ हजार ३ सय ६३ रन बनाएका छन् भने एकदिवसीय अन्तराष्ट्रियमा १ सय ६ खेलमा ४३ औषतमा १४ शतकको मदतले ४ हजार ३ सय ४३ रन बनाएका छन्।

यस्तो रेकड आफ्नो नाममा भएका दुई खेलाडि टोलीमा पर्दा अष्ट्रेला बलियो हुने निश्चित रहेको छ। दुई खेलाडीलाई लिएर कोच ल्याङ्गर पनि उत्साहित देखिन्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ