arrow

शेखर कोइराला अस्पताल भर्ना

logo
प्रकाशित २०७२ चैत १ सोमबार
shekhar-Koirala.jpg.jpeg
काठमाडौं। स्वास्थ्यमा समस्या देखिएपछि नेपाली काँग्रेसका नेता डा शेखर कोईराला उपचारका लागि नर्भिक अस्पतालमा भर्ना भएका छन्। नेपाली काँग्रेसको केन्द्रीय सदस्य खुल्ला पदमा सबैभन्दा बढी मत ल्याएर जित्ने लगभग पक्का भएका कोइराला अचानक विरामी भएका हुन्। उनलाई उपचारका लागि सोमबार नै अस्पताल भर्ना गरिएको उनका नीजि सहयोगी दिनेशचन्द्र थपलियाले बताएका छन्। 
 
राती दुई बजेबाट उनलाई अचानक पेटमा दुखाई वढ्दै गएपछि राती नै अस्पताल लगिएको थियो। नर्भिकमा डा शेखरको डा मधु घिमिरेले उपचार गरिरहेका छन्। चुनावको वेला दौडधुप धेरै हुँदा कमजोर भएका बेला शेखर अचानक विरामी भएका हुन्। 
 
अस्पतालमा शेखरलाई भेटन पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल महामन्त्री शशांक कोइराला सुजाता कोइराला लगायतका नेताहरु पुगेका छन्। 

 



नयाँ