arrow

सार्क कार्यक्रम समितिको बैठक पोखरामा सुरु

logo
प्रकाशित २०७२ चैत १ सोमबार
SARC-new-pic.jpg.jpeg
पोखरा । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्ठन (सार्क)को ३७औँ मन्त्रिपरिषद् बैठकको सिलसिलामा कार्यक्रम समितिको बैठक पोखरामा सुरु भएको छ । 
 
पर्यटकीय नगरी पोखरास्थित पोखरा ग्रान्ड होटलमा सुरु बैठकको अध्यक्षता परराष्ट्र मन्त्रालयका सहसचिव मणिप्रसाद भट्टराइले गरेका छन् । बैठकअन्तर्गत सोमबार र मंगलबार कार्यक्रम समितिको बैठक हुने सहसचिव भट्टराईले जानकारी दिए । 
 
कार्यक्रम समितिमा सदस्य राष्ट्रका परराष्ट्र–बाह्य मामिला मन्त्रालयका सहसचिवको सहभागिता रहेको छ । बैठकमा १८औँ सार्क सम्मेलनपछिका सार्कका गतिविधि, विगतका बैठकका निर्णय र कार्यान्वयनको समीक्षा हुनेछ । दुई दिने सो बैठकले तयार पारेको प्रतिवेदन स्थायी समितिको बैठकमा प्रस्तुत हुनेछ । 
 
निर्धारित कार्यक्रमअनुसार चैत ३ गते आठवटै सदस्य मुुलुकका परराष्ट्र सचिवहरू सम्मिलित स्थायी समितिको बैठक हुनेछ, चैत ४ गते सदस्य राष्ट्रका परराष्ट्र–बाह्य मामिला मन्त्रीस्तरीय बैठक बस्नेछ । 
 
हाल नेपाल सार्कको अध्यक्ष भएकाले सो बैठक नेपालमै आयोजना भएको हो । सार्कको इतिहासमा सरकारले पहिलोपटक मन्त्रिपरिषद् बैठक राजधानी बाहिर आयोजना गरेको हो । सार्क मन्त्रिपरिषद् बैठकमा भारतीय विदेशमन्त्री पाकिस्तानी विदेशमन्त्री समेत सहभागि हुने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ