arrow

मोदीको गढमा प्रियंकाको गंगा यात्रा

logo
प्रकाशित २०७५ चैत ३ आइतबार
gandhi-general-secretary-priyanka.jpg

वाराणसी । कांग्रेस महासचिव तथा पूर्वी उत्तर प्रदेशकी काँग्रेस कमाण्डर प्रियंका गान्धी आफ्नो चुनावी अभियानको शुरुआत गान्धी परिवारको पैतृक शहर प्रयागराज यानी इलाहाबादबाट गर्नेभएकी छिन् । १८ मार्च देखि २० मार्चसम्म उनी प्रयागराजदेखि वाराणसीकोबीच गंगा नदीमा जलमार्गबाट यात्रा गर्ने तयारी गरेकी छिन् । सो कार्यक्रममा उनले कैंयौं जनसहभागितामूलक कार्यक्रम समेत गर्ने तयारी उनको छ । 

प्रियंका गान्धीको यस दौडमालाई लिएर कांग्रेस पार्टी एकदमै उत्साहित बनेको छ । पार्टीले यो यात्रालाई चुनावी अभियानलाई गति दिने र संगठन मजवूत बनाउने यात्राको रुपमा समेत लिएको छ । यसको कारणले पार्टीमा नयाँ भोटर्स समेत थपिनसक्ने विश्वास पनि पार्टीको छ । 

कांग्रेसको लागि यो यात्रा सांस्कृतिक हत्कण्डा पनि हो । प्रयागराज गंगा(यमुनाको संगम हो । यो शहर नेहरू(गान्धी परिवारको विरासतको कहानी सुनाउने ठाउँ पनि हो । यद्यपि यस ठाउँमा पार्टीको पकड भने कम भएको छ । प्रियंका गान्धीको राजनीतिमा इन्ट्रीसँगै कांग्रेस कार्यकर्ता उनलाई फूलपुर सीटबाट चुनाव लड्नको लागि आग्रह गर्दै आएका छन् । पहिले देशका प्रधानमन्त्री जवाहर लाल नेहरू संसदको लागि यही सीटबाट प्रतिनिधित्व गर्दथे । वाराणसी प्रधानमन्त्री नरेन्द्र मोदीको सीट हो। कांग्रेस नेताहरुको दाबी यो पनि छ कि पार्टीका नेताहरुमा प्रियंका गान्धी नै हुन् जो मिडिया कभरेज तथा मानिसहरुकोबीच उत्सुकता जगाउनमा प्रधानमन्त्री मोदीलाई टक्कर दिन सक्छिन् । 

यही कारणले नै उनको यो कार्यक्रम एकदमै सोचेर राखिएको कार्यक्रम हो । यसमा गंगा, प्रयागराज तथा वाराणसीलाई जोड दिइएको छ । पछिल्ला केही वर्षदेखि कैयौं वर्ष भारतीय जनता पार्टी यस्ता सांस्कृतिक प्रतीकद्वारा भोटरहरुसँग भावनात्मक सम्पर्क बनाउने प्रयासमा देखिन्छन् । प्रियंकाको जस्तै कांग्रेस यस मोर्चामा समेत बीजेपीलाई टक्कर दिने तयारीमा छ । 

काशीको अस्सी घाटमा कार्यक्रम
उत्तर प्रदेश कांग्रेस कमेटीले चुनाव आयोगलाई पत्र लेखेर प्रियंकाको प्रयागराजदेखि वाराणसीसम्म नदी मार्गबाट मोटरबोटमा यात्रा गर्नको लागि अनुमति मागेको थियो । प्रदेश कांग्रेसका प्रवक्ता जीशान हैदरले बताए कि,'प्रियंका गान्धी आफ्नो तीन दिवसीय यस यात्रामा करीब १४० किलोमीटरको दूरी तय गर्नेछिन् । यस दौरान विभिन्न स्थानहरुमा उनका कार्यकर्ताहरु र समाजका अलग-अलग वर्गका मानिसहरुसँग भेटघाट गर्नेछिन् ।' 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ