arrow

लिभरपुल प्रिमियर लिगको शिर्ष स्थानमा

logo
प्रकाशित २०७५ चैत ३ आइतबार
liverpool-Fulham.jpg

काठमाडौं। प्रिमियर लिग फुटबलमा लिभरपुल शिर्षस्थानमा उक्लेको छ। फुलह्यामसँगको खेलमा २-१ गोलले बिजयी हुँदै लिभरपुल अंक तालिकाको शिर्ष स्थानमा उक्लेको हो ।

लिभरपुलको ३१ खेलमा ७६ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३० खेलमा ७४ अंक रहेको छ। सिटीले आफ्नो ३१औं खेलमा बिजयी हासिल गरेमा सिटी फेरि अंक तालिकाको पहिलो स्थानमा उक्लने छ ।

फुलह्याम बिरुद्धको खेलमा सादियो मानेले २६औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थीए। उनलाई फर्मिनोले बल पास गरेका थिए। खेलको ७४औं मिनेटमा लिभरपुलका रक्षापंक्तिका खेलाडी भर्जिल भान डिक र गोलकिपर एलिसन बेकर बिच तालमेल नमिल्दा फुल्हयामका रायन बाबेलले गोल गर्दै खेल १-१को बराबरीमा पुर्‍याएका थिए।

खेल बराबरीमा आएपछि लिभरपुलले लगातार आक्रमण गरेको थियो। ८२औं मिनेटमा फुलह्यामका गोलकिपरले सादियो मानेलाई ताने पछि लिभरपुलले पेनाल्टी पाएको थियो। उक्त अवसरलाई जेम्स मिलनरले गोल गर्दै २-१को स्थितीमा पुर्‍याएका थिए। त्यही गोल निर्णायक गोल साबित हुन पुगेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ