arrow

काँग्रेस केन्द्रीय सदस्य खुल्लामा को को भए निर्वाचित?

शेखर भए एक नम्वरका विजेता

logo
प्रकाशित २०७२ चैत १ सोमबार
shekhar-Koirala.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसको खुल्ला केन्द्रीय सदस्यको मतगणना सकिएको छ। मतगणनाको अन्तमि नतिजा अनुसार काँग्रेस केन्द्रीय सदस्य डा शेखर कोइराला सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन्। दोस्रो बढी मत ल्याएर खुमबहादुर खड्का र तेस्रो बढी मत ल्याएर प्रकाशमानसिंह निर्वाचित भएका छन्। आइतवार २७५० मत गणना भएको थियो। बाँकी ४ सयभन्दा केहि बढी मत मध्यान्ह सम्म गणना भएको नेपाली काँग्रेस निर्वाचन समितिले जनाएको छ। 
 
मतगणनाको अन्तिम नतिजा अनुसिार यो पटक २५ जना खुल्ला सदस्यमा रमेश लेखक र विश्वप्रकाश शर्मा दुई जना विल्कुल नयाँ अनुहार आएका छन्। केन्द्रीय सदस्यमा प्रदिप पौडेल पनि नयाँ अनुहारका रुपमा देखिएका छन्। उनी यसअघी पराजित भएपनि शुसिल कोइरालाले आफ्नो कार्यकालको अन्तिमतिर मनोनित गरेका थिए। खुल्ला सदस्यमा निर्वाचित भएका बद्री पाण्डे यसअघी सेती अञ्चलबाट निर्वाचित भएका थिए। अरु निर्वाचितहरु सबै पुरानै अनुहारहरु रहेका छन्। 
 
मतगणनाको अन्तिम नतिजा अनुसार शेखर कोइराला, खुम बहादुर खड्का, प्रकाशमान सिंह, कुलबहादुर गुरुङ, प्रदीप पौडेल, प्रदीप गिरी, धनराज गुरुङ्ग, बालकृष्ण खाँण, रमेश लेखक, पूर्ण बहादुर खड्का, महेश आचार्य, बल बहादुर के.सी., बिमलेन्द्र निधि, डा. राम शरण महत, सुजाता कोइराला, विश्वप्रकाश शर्मा, शंकर भण्डारी, एन.पि. साउद, बद्री पाण्डे, गोपाल मान श्रेष्ठ, ज्ञानेन्द्र बहादुर कार्की, चन्द्र भण्डारी, डा. प्रकाश शरण महत, डा. नारायण खडका, डा. मिनेन्द्र रिजालले जितेका छन्।  चुनाव जितेका मध्ये १४ जना देउवा पक्षका र ११ जना पौडेल पक्षका छन्।
 
विजेता २५ले पाए कति मत?
 
 
 



नयाँ