arrow

युभेन्ट्सको इटालियन सिरीएमा पहिलो हार, रोनाल्डोको अभाव

logo
प्रकाशित २०७५ चैत ४ सोमबार
juventus4.jpg

काठमाडौं । इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको युभेन्ट्सले पहिलो हार भोगेको छ । जारी लिगमा अपराजित रहेको युभेन्ट्स आइतबार राति भएको खेलमा जिनोआसंग २–० ले पराजित भएको हो ।

Goran Pandev celebrates after he scored Genoa's second goal against Juventus

पोर्चुगिच स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो बिना मैदानमा उत्रिएको युभेन्ट्सले दोस्रो हाफमा दुई गोल खाँदै हार व्यहोरेको हो । रोनाल्डोलाई यस खेलमा आराम दिइएको थियो ।

Goran Pandev, another substitute, scored Genoa's second goal in the 81st minute

जिनोआलाई जित दिलाउन स्टेफानो स्टुरारो र गोरन पानडेभले एक एक गोल गरे ।

Paulo Dybala thought he had put Juventus in front but the goal was ruled out by VAR

७२ औं मिनेटमा स्टेफानोले गोल गर्दै जिनोआलाई अग्रता दिलाए । त्यसपछि ८१ औं मिनेटमा  पानडेभले गोल गर्दै जिनोआलाई २–० को जित दिलाए ।

Genoa's Cristian Kouame competes for the ball with Juventus defender Bonucci on Sunday

जिनोआसंग पराजित भएपनि युभेन्ट्स लिगको शीर्ष स्थानमा यथावत छ । युभेन्ट्सले २८ खेलबाट ७५ अंक जोडेको छ ।

Juventus' Emre Can looks to get the better of Genoa's Pedro Pereira in the Serie A clash

दोस्रो स्थानको नापोलीको ६० अंक छ । 

Genoa midfielder Esteban Rolon battles for possession with Juventus star Dybala during clash



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ