arrow

मेस्सीको ला लिगामा ३३ औं ह्याट्रिक, बार्सिलोनाको फराकिलो जित

logo
प्रकाशित २०७५ चैत ४ सोमबार
messi35.jpg

काठमाडौं । स्पेनिश ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले अर्को फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले रियाल बेटिसलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाका लागि अर्जेन्टाइन खेलाडी एवं बार्सिलोना कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरे । जारी लिगमा उत्कृष्ट खेलिरहेका मेस्सीले २९ गोल गरिसकेका छन् जारी लिगमा ।

Messi is congratulated by his team-mates Arturo Vidal and Arthur after scoring Barcelona's second goal against Real Betis

बार्सिलोनाका लागि थप गोल लुइस स्वारेजले गरे । घरेलु मैदानमा खेलेको रियालका लोरेन मोरोनले एक गोल फर्काए ।

१८ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । ४५ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता २–० को बनाए ।

Messi's performance was of such a high standard that even the Real Betis supporters chanted his name on Sunday

खेलको ६३ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनाको अग्रता तेब्बर बनाए । खेलको ८२ औं मिनेटमा घरेलु टोलीका मोरोनले एक गोल गर्दै खेल ३–१ को बनाए ।

After setting up Messi's second goal, Luis Suarez proceeded to score Barcelona's third in an impressive victory

खेलको ८५ औं मिनेटमा मेस्सीले ह्याट्रिक गोल गर्दै बार्सिलोनालाई ४–१ को जित दिलाए । योसंगै मेस्सीले ला लिगामा ३३ औं ह्याट्रिक पुरा गरे ।  

The 31-year-old took his tally for the season to 39 goals in as many games across all competitions on Sunday night

जितसंगै बार्सिलोनाले लिगमा १० अंकको अग्रता बनाएको छ । बार्सिलोनाले २८ खेलबाट ६६ अंक जोडेको छ । 

दोस्रो स्थानको एट्लेटिको मड्रिडको ५६ अंक रहेको छ । 

Messi celebrates after he scored Barcelona's opening goal in their clash against Real Betis at the Benito Villamarin

Suarez leaves several Real Betis players on the ground on his way to scoring Barcelona's third goal in the 4-1 victory

Nelson Semedo attempts to make an impact for Barcelona while up against Cristian Tello of Real Betis during the clash



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ