arrow

गोवाका मुख्यमन्त्री र भाजपाका वरिष्ट नेता मनोहर पर्रिकरको निधन

logo
प्रकाशित २०७५ चैत ४ सोमबार
manohar-parikar.jpg

काठमाडौं। भारतको गोवा राज्यका मुख्यमंत्री एवं भारतीय जनता पार्टीका वरिष्ट नेता मनोहर पर्रिकरको आइतबार ६३ वर्षको उमेरमा निधन भएको छ ।

भारतीय राष्ट्रपति रामनाथ कोविंदले ट्ववीट गरी मनोहरको निधन भएको जानकारी दिएका हुन्  । उनी लामो समयदेखि पेटको क्यान्सरबाट पीडित थिए ।

पर्रिकरको निधनप्रति भारतीय प्रधानमन्त्री लगायत विभिन्न दलका नेताले शोक व्यक्त गरेका छन् ।

भाजपाका नेता मनोहर केही समय भारतको रक्षामन्त्री पनि बनेका थिए । तर गोवामा भाजपा संकटमा परेलगत्तै रक्षामन्त्रीबाट राजीनामा दिएर गोवाको मुख्यमन्त्री बनेका थिए ।

उनी गोवामा लामो समयदेखि मुख्यमन्त्री पदमा रहेका थिए । उनलाइ स्वच्छ छवि भएका नेताका रूपमा लिइन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ