arrow

पेट्रोलपम्पबाट तेल चोरी गर्ने टयाङ्करसहित सार्वजनिक

logo
कुमोद अधिकारी,
प्रकाशित २०७२ चैत १ सोमबार
tel-chori.jpg.jpeg
विराटनगर । विराटनगर स्थित एक पेट्रोलपम्पवाट तेल चोरी गर्दै गर्दा पक्राउ परेका पाँच जनालाई प्रहरीले ट्याङ्करसहित सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरंङले पत्रकार सम्मेलनगरी चोरीमा संलग्नहरुलाई  सार्वजनिक गरेको हो ।
 
विराटनगर–५ स्थित धिताल आयल पेट्रोल पम्पबाट ना ४ ख ४१४२ नम्बरको ट्याङ्करमा नोजल खोली डिजेल लोड गरिरहेको अवस्थामा उनीहरुलाई आइतबार राथि साढे १२ बजे प्रहरीले पक्राउ गरेको मोरङका प्रहरी प्रमुख एंव प्रहरी उपरिक्षक सन्दीप भण्डारीले जानकारी दिए । 
पक्राउ पर्नेमा ट्याङ्कर चालक सुनसरी सिगिया २ का जोगेन्द्र चौहान, विराटनगर ५ का बजारु चौधरी, रमेस अधिकारी,  सुनसरी वकलौरी –३ का सितारमा चौधरी तथा सुनसरी प्रकासपुर ६ का भीमबहादुर माझी रहेका छन् ।
 
प्रहरीले  पम्पबाट उनीहरुले १९ हजार ५ सय लिटर डिजेल लोड गरेको  ट्याङ्कर समेत बरामद गरेको छ । एसपी भण्डारीका अनुसार जुन पम्पलाइ अइल निगमले तेल दिएको छ, उसले अन्यत्र लगेर विक्रिगर्न नपाउने नियम रहेकाले पम्प धनीकै मिलेमतोमा बाहिर लैजान खोजिएको शंकामा अनुसन्धान अगाडी बढाइएको छ । एसपी भण्डारीले पक्राउ परेकाहरुलाई कालाबजारी ऐन अन्तर्गत कार्वाही अगाडी बढाइने जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ