arrow

दोस्रो टेष्ट क्रिकेटमा अफगानिस्तानको पहिलो बिजय

ईङल्याण्ड र पाकिस्तानसँग रेकड बराबरी

logo
प्रकाशित २०७५ चैत ४ सोमबार
AFG-IReland-test-cricket.jpg

काठमाडौं। अफगानिस्तानले आफ्नो पहिलो टेष्ट बिजय हासिल गरेको छ। आयरल्याण्ड बिरुद्ध भारतको देहरादुनमा भएको एक मात्र टेष्टमा अफगानिस्तान ७ विकेटले बिजयी भएको हो।

आफ्नो दोस्रो टेष्टमा पहिलो जित हासिल गर्नेमा ईङल्याण्ड, पाकिस्तान मात्र रहेका थिए। अष्ट्रेलिया मात्र यस्तो देश हो जसले आफ्नो पहिलो टेष्टमा जित हात पारेको थियो।अफगानिस्तानले पहिलो टेष्ट भारतसँग खेलेको थियो र आयरल्याण्डसँगको यो दोस्रो टेष्ट हो। 

चौथो पारी मा १ सय ४६ रनको लक्ष्य सजिलै पच्छ्याएको प्रश्नमा अफगानिस्तानका कप्तान असगर अफगानले भने ‘आफुहरुले अफगानिस्तानमा पनि पहिलो श्रेणी क्रिकेट खेल्न शुरु गरेको र त्यो भन्दा अगाडि ३ दिवसीय र चार दिवसीय क्रिकेटले पनि टेष्ट खेल्न सजिलो बनायो’।

यसैगरि आयरल्यन्डका कप्तान विलियम पोर्टफिल्डले ‘टस जितेर पनि पहिलो पारीमा राम्रो रन बानउन नसक्दा हाम्रो पक्षमा नतिजा रहेन । यदी दोस्रो पारीमा जस्तो २ सय ८८ रन पहिलो पारीमा बनाएको भए खेलको नतिजा अर्को पनि हुनसक्थ्यो’।

टस जितेर पहिले ब्यटीङ गरेको आयरल्याण्डले पहिलो पारीमा १ सय ७२ रन बनाएको थियो। उसका लागि जर्ज डकरेलले ३९ रनको योगदान गरेका थिए भने अन्तिम नंबरका ब्यट्सम्यान टिम मुर्ताघले अविजित ५४ रन बनाएका थिए। मुर्ताघको उक्त पारीले आयरल्याण्डलाई धेरै राहात दिएको थियो। अन्तिम विकेटका लागि डकरेल र मुर्ताघले ८७ रनको साझेदारी गरेका थिए।

अफगानिस्तानका लागि यामिन अहमदजाई र मोहम्मद नाबीले ३-३ विकेट लिएका थिए। त्यसैगरि रशिद कान र वकार सलामखेईलले २-२ विकेट लिएका थिए।

अफगानिस्तानले आफ्नो पहिलो पारीमा ३ सय १४ रन बनाएको थियो। उसका लागि रहमत शाहले ९८ रन बानएका थिए। त।यसैगरि कप्तान असगर अफगानले ६७ रनको योगदान दिएका थिए। आयरल्यण्डका स्टुआर्ट थमसनले ३ विकेट लिएका थिए।

दोस्रो पारीमा केही सम्हालिएर खेलेको आयरल्यण्डले २ सय ८८ रन बनाएको थियो। एण्डी बालबिर्नीले सार्वाधिक ८२ रन बनाएका थिए भने केविन ओब्राइनले ५६ रनको योगदान दिएका थिए।

अपगानिस्तानका रशिद खानले ५ विकेट लिएका थिए भने यामिन अहमदजाईले ३ विकेट हात पारेका थिए।

१ सय ४६ रनको लक्ष्य पच्छ्याएको अफगानिस्तानले ईहसानउल्लाह र रहमत शाहो अर्ध शतकले तीन विकेट गामउँदै लक्ष्य भेट्टाएको थियो। ईहसानउल्लाहले अविजित ६५ रन बनाएका थिए भने रहमत शाहले ७२ रनको योगदान दिएका थिए। प्लेयर अफ म्याच रहमत शाह घोषित भए।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ