arrow

क्रिमिया विवादका पाँच वर्ष, पुटिन क्रिमियाको भ्रमणमा

logo
एएफपी,
प्रकाशित २०७५ चैत ४ सोमबार
putin-crimea.jpg

सिमफरोपोल, क्रिमिया। युक्रेनबाट क्रिमियालाई रुसमा गाभेको पाँचौं वर्षगाँठका अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन क्रिमिया पुगेका छन्।क्रिमियालाई रुसमा गाभेको विरोधमा युक्रेन र पश्चिमा राष्ट्रले निन्दा गरेपनि अधिकांश रुसीले उक्त कदमको स्वागत गरेका छन्। रुसले क्रिमियालाई मार्च २०१४ मा आफ्नो मुलुकमा विलय गराएको थियो।

क्रिमियामा रहँदा राष्ट्रपति पुटिनले एउटा विद्युत गृहको शुभारम्भ गर्ने कार्यक्रम रहेको क्रेमलिनले जनाएको छ। रुसले इतिहासमा भएको एक गम्भीर भुल सच्याएको जनाउँदै क्रिमियालाई रुसमा गाभेको थियो। सोभियत नेता निकिता ख्रुस्चेभले सन् १९५४ मा क्रिमियालाई युक्रेन मातहत राखेका थिए। रुसले क्रिमियालाई पुनः फिर्ता लिएको भन्दै राष्ट्रपति पुटिनको लोकप्रियता बढेको थियो।

तर युक्रेन र पश्चिमा मुलुकले रुसको उक्त कदमको आलोचना गरेका छन्। रुसले पछिल्लो समय युक्रेनको पूर्वी क्षेत्रमा अघोषित रुपमा त्यहाँका विद्रोहीलाई आर्थिक, नैतिक, राजनीतिक र अरु सम्पूर्ण सहयोग गरिरहेको छ। रुसका पछिल्ला कदमका बिरुद्धमा धेरैवटा आर्थिक प्रतिबन्ध लागेका छन्।

रुसमा मार्च १८ लाई क्रिमियाको पुनः एकीकरण दिवस भन्दै भव्य कार्यक्रम आयोजना गरिँदैछ। मस्कोमा करिब १० हजारको जुलुस निकाल्ने तयारी हुँदैछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ