arrow

रोनाल्डोले अयाक्स बिरुद्धको पहिलो खेल गुमाउन सक्ने !

logo
प्रकाशित २०७५ चैत ४ सोमबार
cristiano-ronaldo.jpg

काठमाडौं। युभेन्टसका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनल खेलको पहिलो लेग खेल्न नपाउने संभावना रहेको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन्। उनको भविष्यको फैसला युईएफएको अनुसाशन समितीको बैठकले गर्नेछ ।

राउन्ड अप सिक्सटिनको खेलमा एथ्लेटिको मड्रिड बिरुद्धको दोस्रो लेगमा ह्याट्रिक गर्दै युभेन्टसलाई क्वार्टरपाईनलमा पुर्‍याएका रोनाल्डोले ‘अश्लिल’ हाउभाउ प्रदर्शन गरेका थिए।

पहिलो लेगमा एथ्लेटिकोका म्यानेजर डिएगो सिमोनीले पनि युभेन्टस बिरुद्धको जितमा त्यस्तै हाउभाउ प्रदर्शन गरे बापत २० हजार युरो जरिवाना तिरेका थिए। उनले मैदान आउन नपाउने सजायबाट भने बचेका थिए। रोनाल्डोले सिमोनीको उक्त हाउभाउको जवाफ दिएका थिए।

रोनाल्डोले पनि उस्तै ब्योहार देखाएकोले उनले पनि उत्तिकै सजाय पउँछन वा खेल नि गुमाउँछन भन्ने निर्णय बैठकबाट हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ