arrow

समझदारी कार्यान्वयन गर्न मलेसियालाई नेपालको आग्रह

logo
प्रकाशित २०७५ चैत ४ सोमबार
malaysia-hotels.jpg.jpeg

काठमाडौँ । श्रमिक आपूर्ति तथा त्यस सम्बन्धमा हालै भएका द्विपक्षीय समझादारीको शीघ्र कार्यान्वयन गर्न नेपालले मलेसियासँग आग्रह गरेको छ ।

मलेसियाका लागि नेपालका राजदूत उदयराज पाण्डेले आज त्यहाँको परराष्ट्र मन्त्रालयका उपमहानिर्देशक राजा दातो नुरसिरवान बिन जैनाल अबिदिनलाई भेटेर दुई देशबीच हालै भएका समझदारी लागू गर्न अनुरोध गरेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।

 “श्रमिकको स्वास्थ्य परीक्षणसम्बन्धी नयाँ मापदण्डअनुरुप मलेसिया सरकारले यथाशक्य चाँडो काम अघि बढाएमा नेपालीलाई मलेसिया आउन सहज हुनेछ,” नेपाल–मलेसिया सम्बन्धका अतिरिक्त श्रमिकका हकहितमा केन्द्रित रहेर राजदूत पाण्डेले गरेको अनुरोध उद्धृत गर्दै उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राजदूत पाण्डेले दुई देशबीचको उच्चस्तरीय भ्रमण, नेपालमा मलेसियाली लगानी तथा यही चैत १५ र १६ गते काठमाडौँमा आयोजना हुने लगानी सम्मेलनमा मलेसियाली लगानीकर्ताको अधिक सहभागिताका निम्ति अनुरोध गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ