arrow

राष्ट्रपति शीको कार्यकालमा चीन सरकारद्वारा १५८८ जना मारिए, १३ हजार पक्राउ

logo
प्रकाशित २०७५ चैत ४ सोमबार
president-xi-jinping-china.jpg

काठमाडौं । चीनले शिनजिन फिङ सत्तामा आएपछि सन् २०१४ पछि मात्रै करिब १३ हजार मानिसलाई गिरफ्तार गरेको जनाएको छ । चीन सरकारले जारी गरेको एक रिपोर्टका अनुसार विभिन्न आतंकवादी गतिविधिहरुमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको चीन सरकारले दाबी गरेको छ । यद्यपि, यो गिरफ्तारीमा आतंकवादी गतिविधि मात्रै नभएर चीनमा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाउने समूह समेत रहेको पनि अनुमान गरिएको छ। 

चीन सरकारले आतंकवादमा संलग्न भएको आरोप लगाउँदै सयौं मानिसहरुको हत्या समेत गरेको बताईएको छ । चीन सरकारको तर्फबाट सोमवार जारी गरिएको एक रिपोर्टमा भनिए अनुसर सि जिनफिङको परम्परागत इस्लामी इलाकामा नजरबन्दी क्याम्पमा सैन्य अत्याचारहरुको विषयमा गरिएको आलोचनाहरुलाई मत्थर गर्नको लागि यस्तो रिपोर्ट सार्वजनिक गरिएको हो । 

विस्तृत रिपोर्टमा भनिएको छ कि सरकारको प्रयासले चरमपन्थीमाथि लगाम लगाउन मद्दत पुगेको छ । तर सरकारले दाबी गरिएको आँकडा र दाबीहरुबारे कुनैपनि यथार्थ प्रमाण भने दिइएको छैन । उनीहरुले कस्ता अपराध गरेका थिए भन्नेबारे पनि चीन सरकारले प्रमाण पेश गरेको छैन । चीनको सुदूर उत्तर(पश्चिमी इलाकामा मानिसलाई बाहर निस्किन प्रतिबन्ध लगाईएको विषय अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले यस अघि नै लेख्दै आएका थिए । यही कारणले पनि चीन सरकारले गरेको दाबी बारे प्रमाण परीक्षण गर्नसक्ने कुनै आधार छैन । 

उइगर तथा दोस्रो मुस्लिम समूह समर्थित करिब १० लाख मानिसलाई नजरबन्दमा राखिएको भनेर चीन सरकारको धेरै लामो समयदेखि तीब्र आलोचना हुँदै आएको छ । यो आलोचनाबाट बच्नको लागि चीनले यस्तो रिपोर्ट सार्वजनिक गर्दै नजरबन्दीलाई कुनै यातना नदिईएको र उनीहरुको क्याम्पलाई भोकेशनल ट्रेनिङ सेन्टरको रुपमा समेत विकास गरेको दाबी गरिएको छ । 

नयाँ रिपोर्टमा भनिएको छ कि शिले 'कानूनसम्मत डी-रेडिकलाइजेशन' बाट मजहबी चरपन्थीको प्रसारमा रोक लगाएका छन् । रिपोर्टमा भनिएको छ कि २०१४ मा आतंककारीहरुको १५८८ जना गिरोह मारिएका थिए । सोही समय १२ हजार ९ सय ९५ आतंकवादीहरुलाई गिरफ्तार गरिएको थियो । यस दौरान करिब २०५२ विस्फोटक उपकरणहरु समेत जफत गरिएको छ । रिपोर्टका अनुसार, करिब ५ हजार 'गैरकानूनी मजहबी गतिविधिहरु'मा शामेल रहेका ३० हजार भन्दा मानिसलाई सजाय दिइएको छ । के सजाय दिइयो भन्नेबारे भने केही पनि उल्लेख गरिएको छैन । 

चीनमा स्वतन्त्रता सम्बन्धी आवाज पनि नउठ्ने गरेको भने होइन । त्यो आवाजलाई चीनले धेरै पहिलेदेखि दबाउँदै आएको छ । त्यसैले चीनले आतंकवादी भनेर पक्राउ गरेकोहरु मध्ये स्वतन्त्रता चाहनेहरु समेत धेरै रहेको अनुमान गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ