arrow

‘इडाई’ चक्रपातका कारण एक हजारभन्दा बढीको मृत्यु

logo
प्रकाशित २०७५ चैत ५ मंगलबार
flood-mozambique.jpg

काठमाडौं । अफ्रिकी मुलुक मोजाम्बिकमा आएको समुद्री चक्रपातका कारण एक हजारभन्दा बढीको मृत्यु भएको छ । मोजाम्बिकका राष्ट्रपति फिलिपे नुसीले चक्रपातमा ज्यान गुमाउनेहरुको संख्या १ हजार नाघेको पुष्टि गरेका हुन् । 

प्रतिघण्टा १७७ किलोमिटरको वेगमा आएको ‘इडाई’ नामको चक्रपातले बन्दरगाह शहर बेयरामा सबैभन्दा धेरै क्षति भएको छ ।

Aerial view of Beira

राष्ट्रपति नुसीले हवाई निरीक्षणका क्रममा आफूले बाढीको भेलमा कयौं मानिसको शव तैरिरहेको देखेको जानकारी दिएका छन् । 

झन्डै पाँच लाख मानिस बस्दै आएको बेयरामा ९० प्रतिशत शहर ध्वस्त भएको बताइएको छ ।

Car hit by fallen tree in Beira

विश्व खाद्य कार्यक्रमका एक अधिकारीले आफूले बेयरामा आँधीले क्षति पुर्‍याउन नसकेको कुनै पनि घर भेट्न नसकेको बताएका छन् ।

Cyclone Idai wreckage

यता आँधीका कारण मोजाम्बिकको छिमेकी मुलुक जिम्बाब्वेमा पनि सय जनाको मृत्यु भइसकेको छ भने दुई सय भन्दा बढी बेपत्ता भएका छन् । 

Huge crater opened up by rain and floods

मलावी पनि आँधीको घेरामा परेको छ । आँधी आउनुअघिको भीषण वर्षा र बाढी तथा पहिरोमा परी मलावीमा १२२ जनाको मृत्यु भइसकेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ