arrow

लगानीकर्तालाई २० वर्षसम्म कर नलिने घोषणा – मुख्यमन्त्री राउत

logo
प्रकाशित २०७५ चैत ५ मंगलबार
Lalbabu-raut-cheif-minister.jpg

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफूहरु प्रदेशको विकासका लागि अगाडि बढिरहेको बताएका छन् । 

उनले यो प्रदेशभित्र लगानी गर्ने लगानीकर्तालाई २० वर्षसम्म कर नलिने घोषणा गरिएको बताएका छन् । उनले सो क्षेत्रमा बन्द हड्ताल निषेधित क्षेत्र घोषणा गर्नेसमेत बताएका छन् । 

लगानीकर्ताले लगानी गर्न चाहन्छ भने तीन घण्टाभित्रै सबै प्रक्रिया पूरा गरिदिनेसमेत बताएका छन् । 

सोमबार बसेको प्रदेशको मन्त्रिपरिषद बैठकले लगानीमैत्री वातावरण प्रदेश बनाउने निर्णय भएको बताएका छन् । 

काठमाडौंमा लगानी सम्मेलन हुँदा गर्दा आफ्नो प्रदेशले लगानीमैत्री वातावरण बनाएको पनि उनले बताएका छन् । 

मुख्यमन्त्री राउतले कनेक्टेभिटीको सवालमा काठमाडौंदेखि भारतसम्म भएकाले वातावरण राम्रो भएको दावीसमेत गरेका छन् । 

संघीय सरकारले आफ्नो ऐनसमेत बनाउन नसकेकाले उसले आफूहरुलाई केही पनि दिन नसक्ने उनले स्पष्ट पारेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ