काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा सात प्रदेशको १४ जनाका लागि मत गणना जारी छ । एक प्रदेशबाट २ जना निर्वाचन हुने व्यवस्था अनुसार सात प्रदेशबाट १४ जना निर्वाचित हुने छन् । साँझ सम्म अन्तिम मत परिणाम आउने निर्वाचन समिति सचिव प्रदीप पराजुलीले जानकारी दिए । २००० मत गणना हुँदा सात वटै प्रदेशमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल प्यानलका एक–एक जनाले अग्रता लिएका छन् । दुवै पक्षको बराबरी अग्रता छ ।
प्रदेश १ (२ सिटका लागि १३ जना स्पर्धामा)
गुरुराज घिमिरे (८५३)
भिष्मराज आङदेम्बे (७९१)
अमृत अर्याल (७२८)
प्रदेश २ (२ सिटका लागि ५ जना स्पर्धामा)
आनन्द प्रसाद ढुंगाना (९३३)
रमेश रिजाल (९१७)
तेजुलाल चौधरी (७४५)
प्रदेश ३ (२ सिटका लागि १८ जना स्पर्धामा)
नवीन्द्रराज जोशी (७८७)
मोहनबहादुर बस्नेत (६८२)
रामनाथ अधिकारी (५५१)
प्रदेश ४ (२ सिटका लागि ९ जना स्पर्धामा)
गोविन्द भट्टराई (८२३)
सुरेन्द्र पाण्डे (८१०)
अर्जुन जोशी (७७२)
प्रदेश ५ (२ सिटका लागि १० जना स्पर्धामा)
दीपक गिरी (९३१)
देवेन्द्रराज कँडेल (८४६)
भरतकुमार शाह (७६१)