arrow

सर्वेले भन्यो 'एयर स्ट्राइकका कारण एनडीएलाई १३ सिट फाइदा' 

logo
प्रकाशित २०७५ चैत ५ मंगलबार
modi-7591.jpeg

काठमाडौं । पुलवामा आतंककारी हमला पछि पाकिस्तानको बालाकोटमा घुसेर भारतीय वायुसेनाले गरेको एयर स्ट्राइकबाट एनडीएलाई फाइदा हुने देखिएको छ। टाइम्स नाउ र वीएमआरले गरेको एक सर्वेका अनुसार बालाकोट एयर स्ट्राइकपछि एनडीएलाई कूल १३ सीटमा फायदा हुने देखिएको हो । यस भन्दा पहिले एनडीएलाई २७० सीट मात्रै मिल्ने अनुमान थियो । ५ देखि २१ फेब्रुवरी सम्म गरिएको सर्वेमा मानिसहरुले एनडीएलाई २७० सीट मिल्ने अनुमान लगाएका थिए । १२ मार्चसम्म गरिएको सर्वेमा यो आंकडा बढेर २८३ पुगेको छ । 

भारतीय वायुसेनाले १४ फेब्रुवरीमा भएको पुलवामा आक्रमणपछि २६ फेव्रुअरी पाकिस्तानमा घुसेर एयर स्ट्राइक गरिएको थियो । यसले एकातर्क एनडीएलाई लाभ हुने देखिएको छ भने दोस्रो तर्फ कांग्रेस र अन्य सहयोगी दलहरुको सीट आँकडा १३५ रहेको छ । जुन एयर स्ट्राइकभन्दा पहिले १४४ थियो । 

बालाकोट स्ट्राइक पछि काँग्रेस र उसका सहयोगीहरुलाई त नोक्सान हुने देखिएको छ नै बीजेपी र कांग्रेसभन्दा बाहिर तेस्रो मोर्चाको दलहरुको समेत सिट घटिरहेको छ । एयर स्ट्राइक भन्दा पहिले तेस्रो मोर्चाको पार्टीहरुलाई १२९ सिट मिल्ने अनुमान गरिएको थियो । तर, अब उनीहरुलाई पनि कूल ४ सिट मिल्ने बताइएको छ । अब उनीहरुको कूल १२५ सिट मिल्ने बताइएको छ । यी दलहमा बीजेडी, टीएमसी, टीडीपी, टीआरएस र वाईएसआर कांग्रेस रहेका छन् । यसको अलावा एसपी-बीएसपी र आरएलडीमा उत्तर प्रदेशमा एक भएर चुनाव लड्दैछन् । 

बालाकोट घटनापछि बीजेपीलाई सबैभन्दा ज्यादा लाभ 
वायुसेनाको एयर स्ट्राइकपछि यूपीमा एसपी-बीएसपी र आरएलडीको महागठबन्धनलाई ठूलो झट्का लाग्ने अनुमान गरिएको छ । दोस्रो तर्फ एनडीएलाई उत्तर प्रदेश, असम, बिहार, मध्य प्रदेश, महाराष्ट्र, राजस्थान र पश्चिम बंगाल जस्ता राज्यमा फाइदा मिलिरहेको छ । एनडीएलाई सबैभन्दा ज्यादा यूपीमा ३ सीटमा फायदा मिल्ने बताइएको छ । स्ट्राइकसँग पहिले यूपीमा बीजेपीलाई ३९ सीट मिल्ने अनुमान भएकोमा अब त्यो सिट ४२ सिटमा पुगेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ