arrow

सांसदहरुको सम्पत्ति पाँच वर्षमा १४२ प्रतिशतले वृद्धि, फिल्मी शैलीमा शत्रुघ्न सिन्हा सबैभन्दा अगाडि 

logo
प्रकाशित २०७५ चैत ६ बुधबार
satrughan-hinha-news.jpeg

काठमाडौं । भारतमा लोकसभाको निर्वाचन आउँदा नेता र सांसदहरुको अध्ययन अनुसन्धान पनि चर्को रुपले भइरहेको छ । सोही क्रममा एक अध्ययनका अनुसार १५३ सांसदहरुको सम्पत्ति पाँच वर्षमा १४२ प्रतिशतले वृद्धि भएको पाइएको छ । 

एसोसिएसन फर डेमोक्रेटिक रिफम्स (एडीआर) ले सन् २०१४ मा दोस्रो पटक चुनिएका १५३ सांसदको सम्पत्तिको विश्लेषण गर्दा १४२ प्रतिशतले वृद्धि भएको पाइएको हो । 

रिपोर्टमा सन् २००९ र सन् २०१४ मा चुनिएका सांसदसंगै सन् २०१८ को उपचुनावमा जितेका सांसदको सम्पत्तिको पनि विष्लेषण गरिएको थियो । 

पटनाको साहिबबाट भाजपाबाट सांसद भएका बलिउड अभिनेता शत्रुघ्न सिन्हाको सम्पत्ति पाँच वर्षमा ७७८ प्रतिशत वृद्धि भएको देखिएको छ । यो सबैभन्दा बढी हो । 
त्यसपछि पिनाकी मिश्राको सम्पत्ति ३६२ प्रतिशतले वृद्धि भएको छ । 

उदयराज भोसलेको सम्पत्ति ४१७ प्रतिशतले वृद्धि भएको देखिएको छ । सबैभन्दा बढी बीजद पार्टीका सांसदको सम्पत्ति २९८ प्रतिशतले वृद्धि भएको देखिएको छ भने त्यसपछि तृणमूलका सांसदको २२१ प्रतिशत देखिएको छ । 

भाजपाको १४० प्रतिशत तथा काँग्रेसको सबैभन्दा कम १०९ प्रतिशत बढेको देखिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ