arrow

'राष्ट्रिय गौरवका आयोजना उच्च प्राथमिकतामा’

logo
प्रकाशित २०७५ चैत ६ बुधबार
bheri-babai.jpg

चितवन । राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले राष्ट्रिय गौरवका आयोजनाले गति नलिनुमा एउटा मात्रै कारण नरहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले आयोजना प्रमुखको फेरबदर, झन्झटिलो खरीद प्रक्रिया र भुक्तानीका कारण आयोजनाले गति लिन कठिन भएको बताए । 

समितिले राष्ट्रिय गौरवका २१ आयोजनालाई उच्च प्राथमिकता दिएर काम गरिरहेको उल्लेख गर्दै उहाँले समितिका सदस्यलाई आयोजना छुट्याएर समस्या पहिचान गर्न जिम्मेवारी दिइएको बताए। नीतिगत रुपमा देखिएका समस्या समाधान गर्नुपर्ने भन्दै उनले त्यसतर्फ समितिले काम गरिरहेको जानकारी दिए। 

आयोजनाको स्थलगत अध्ययन र छलफल कार्य तीव्र गतिमा अगाडि बढाइरहेको पनि उनले बताए। राष्ट्रिय गौरवका आयोजनामध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भेरी–बबई डाईभर्सन र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कामले गति लिएको उनले जानकारी दिए। 

सरकारका तीन तहबीच अझै पनि समन्वयको अभाव देखिएको बताउँदै सभापति रावलले तल्लो तहमा अनुभवी र पुराना कर्मचारी पठाउनु पर्नेमा त्यो हुननसकेको बताए । सङ्घ मातहत रहेका प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीलाई प्रदेश सरकारसँग कहीँ न कहीँ जोड्नुपर्ने उनले बताए । सङ्घ मातहका कर्मचारी र प्रदेश सरकारबीच समन्वयको अभाव देखिएको उनले बताए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ