arrow

खुल्ला २५ केन्द्रीय सदस्यमा एक महिला विजयी

logo
प्रकाशित २०७२ चैत १ सोमबार
sujata-koirala-rukum.jpg.jpeg
काठमाडौँ। नेपाली काँग्रेसको १३ औँ महाधिवेशनको खुल्ला पच्चीस केन्द्रीय सदस्यको मतपरिणामअनुसार एक महिलामात्र विजयी भएकी छिन्। 
 
खुल्ला २५ मतका लागि गत फागुन २३ गते भएको निर्वाचनमा दुई महिलासहित ९० जना चुनावी मैदानमा थिए। आज सम्पन्न मत परिणामअनुसार एक हजार ६१९ मत प्राप्त गरी सुजाता कोइराला विजयी भएकी छिन भने महालक्ष्मी उपाध्याय डिना २९ नम्बरमा रहेर  पराजित भइन्। 
 
कोइराला २५ खुल्ला केन्द्रीय सदस्यमध्ये १५ औँ नम्बरमा विजयी भएकी हुन्। पार्टीको १२ औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्य निर्वाचित हुनुभएकी कोइराला पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री थिइन। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ