arrow

अमेरिकाले दियो बोइङ ७३७ म्याक्स विमानको समीक्षाको आदेश 

logo
एजेन्सी
प्रकाशित २०७५ चैत ६ बुधबार
boeing_737_max.jpg

काठमाडौं । अमेरिकी सरकारले हवाई विमान निर्माता बोइङको ७३७ म्याक्स विमानको उडानको लाइसेन्स प्राप्त गर्ने तरिकाको समीक्षाको आदेश दिएको छ । 

पछिल्लो पाँच महीनामा यो  विमानको दुईओटा दुर्घटना भइसकेका छन् । समाचारमा बताइएअनुसार यो विमानमा दुर्घटना बढेसँगै यो कदम उठाइएको हो । 

विशेषज्ञहरुले यस किसिमका दुई घटनामा समानताको संकेत दिएका छन् । अमेरिकी यातायातमन्त्री इलैने चाओले इन्स्पेक्टर जनरललाई सर्टिफिकेट प्रक्रिया अडिट गर्न निर्देशन दिएका हुन् । 

इथियोपियन एयरलाइन्स को विमान गत मार्च १० मा दुर्घटना भएपछि अमेरिकाको उड्डयन विभाग (एफएए)माथि प्रश्न चिह्न उठेको थियो । इथियोपियामा भएको विमान दुर्घटनामा परी १ सय ५७ जना मानिसको ज्यान गएको थियो । यसमा करीब ३५ मुलुकमा नागरिक समावेश थिए । 

गत अक्टोबरमा इन्डोनेसियामा सोही मोडलको विमान दुर्घटना भएको थियो । उक्त दुर्घटनामा पनि १ सय ८९ जनाको ज्यान गएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ