arrow

पञ्जाव नेशनल बैंक घोटालाका मुख्य आरोपी निरव मोदी लण्डनमा पक्राउ

logo
प्रकाशित २०७५ चैत ६ बुधबार
nirav-modi1.jpg

नयाँ दिल्ली । पञ्जाब नेशनल बैंकबाट १३ हजार करोड रुपैया भन्दा धेरै घोटालाका मुख्य आरोपी एवं हिरा व्यापारी नीरव मोदीलाई लण्डनमा गिरफ्तार गरिएको छ । मोदीलाई बुधबार दिउँसो साढे ३ बजे वेस्टमिन्स्टर कोर्टमा पेश गरिने भएको छ । अदालतमा पेश भएसँगै उनलाई भारतमा प्रत्यर्पणको विषयमा पनि सुनवाई सुरु हुने छ । यससँगै भारतको प्रवर्तन मन्त्रालयले भारतमा मोदीको नाममा रहेको सम्पत्ति बेच्ने तयारी समेत सुरु गरेको पनि स्रोतलाई उद्दृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

वेस्टमिन्स्टर कोर्टले भारतको प्रवर्तन निर्देशनालयको प्रत्यर्पण गर्न माग गर्दै दायर रिटको जवाफमा मोदी विरुद्ध वारेन्ट जारी गरेको थियो । सो आदेशसँगै प्रहरीले मोदीलाई खोज्न सुरु गरेको थियो । 

यता मोदी पक्राउको विषयलाई भारतमा भने नरेन्द्र मोदीको सफलतासँग जोडेर टिप्पणी गर्न सुरु गरिएको छ । आसन्न चुनाव अघि उनलाई पनि भारत भित्र्याउन सके भने मोदीलाई यसले फाईदा गर्ने विश्लेषण गरिएको छ । यद्यपि प्रत्यार्पणको लागि भने बेलायतको अदालतले अनुमति दिन्छ कि दिँदैन त्यो भने हेर्न बाँकी नै छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ