arrow

काठमाडौंमा मंगलबार पनि वदली हुने, क्षणिक वर्षाको सम्भावना

दिपायलमा उच्च वर्षा

logo
प्रकाशित २०७२ चैत १ सोमबार
mausam-Fnl-new.jpg.jpeg
काठमाडौं । पश्चिमी वायुको असरले काठमाडौं उपत्यका लगायत देशको मध्य तथा पश्चिमी भेकको मौसम वदली भएको छ । सोमबार दिउँसो काठमाडौं उपत्यकाका अधिकांश स्थानमा क्षणिक वर्षा भएको छ । पास्तिानहुँदै छिरेको पश्चिमी वायुले देशको पूर्वी तथा मध्ये भेकमा सामान्य वदली ल्याए पनि पश्चिमी र मध्य पश्चिमी क्षेत्रमा आइतबार भारी वर्षा भएको छ । सुदूरपश्चिममा गएको २४ घण्टामा भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वदली वुधबार मात्रै सुधार हुने मौसमविद् शान्ति कंडेलले जानकारी दिइन् । कंडेलले हाम्रा कुरासंग भनिन्, ‘यो वदली सोमबार रातभर रहन्छ, मंगलबार दिउँसो समेत देशको मध्य तथा पूर्वी भागमा वदली भई साँझ क्षणिक वर्षा हुन सक्दछ ।’ वुधबार मात्रै सुधार आउने छ ।
 
यस्तै, मौसमविद् बरुण पौडेलले अरब सागरबाट केही विकसित भएको वायु र पाकिस्तानबाट छिरेको पश्चिमी वायुको असरले वदली भएको बताए । पौडेलले भने, ‘शनिवारबाट सुरु भएको हो, पश्चिमी क्षेत्र र मध्य पश्चिमका हिमाली क्षेत्रमा भारी वर्षा तथा हिमपात भएको छ, वुधबार समम्म सुधार हुन्छ ।’ गएको २४ घण्टामा सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायलमा सबै भन्दा उच्च ३० मिलिमिटर वर्षा भएको छ । यस्तै, धनगढी र विरेन्द्रनगरमा २२–२२ मिलिमिटर वर्षा भयो । जुल्लामा १९ र डडेल्धुरामा १२ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ