arrow

हिन्दू विरोधी अभिव्यक्तिले पाकिस्तानमा फेरि हंगामा, विधायकले मागे माफी

logo
प्रकाशित २०७५ चैत ६ बुधबार
Hindu.jpeg

काठमाडौं । गत महिना हिन्दू विरोधी अभिव्यक्ति आएपछि चर्चामा आएको पाकिस्तानको एक राज्यमा फेरि पनि अर्काे हिन्दू विरोधि अभिव्यक्तिका कारण हंगामा भएको छ । पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तको विधानसभामा एक विधायकले हिन्दू विरोधी टिप्पणी गरेपछि हंगामा भएको हो । 

यस टिप्पणीको विरोधमा अल्पसंख्यक समुदायहरुको प्रतिनिधित्व गर्ने सदस्यहरुले असेम्बलीबाट वाकआउट गरेका थिए। खैबर पख्तूनख्वा प्रान्तीय विधानसभाका सदस्य शेर आजम वजीरले पाकिस्तानमा रहेका हिन्दूहरुको विरोधमा टिप्पणी गरेका थिए । जसमाथि विधानसभाका एक अन्य सदस्य रवि कुमारले आपत्ति जनाएका थिए ।  

भारत र पाकिस्तानबीच बढेको दूरीलाई लिएर पाकिस्तानका हिन्दूहरुमाथि नकारात्मक टिप्पणी गरेपछि पाकिस्तानको हिन्दू समुदायमाथि शत्रुतापूर्ण व्यवहार नगर्न सांसद कुमारले आग्रह गरेका थिए ।

सदनमा हंगामा भएपछि सदनका अध्यक्ष मुश्ताक गनीले वजीरको बयानलाई सदनको रेकर्डबाट हटाउन निर्देशन दिएका थिए । खैबर पख्तूनख्वाको प्रान्तीय विधानसभामा अल्पसंख्यक हिन्दू समुदायका तीन सदस्य छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ