arrow

पश्चिमी संस्कृतिको बढ्दो प्रभावले रोल्पामा सम्वन्ध विच्छेदका मुद्दामा वृद्धि

logo
कविता उपाध्याय,
प्रकाशित २०७२ चैत १ सोमबार
Rolpa-hamrakura.jpg.jpeg
रोल्पा। जिल्ला अदालत रोल्पामा यस आर्थिक वर्षमा मात्र ७३ वटा सम्वन्ध विच्छेदका मुद्दा दर्ता भएका छन्। जस अन्तर्गत फैसला भएका ४० वटा र फैसला हुन बाँकी ३३ वटा मुद्दा रहेको जिल्ला अदालत रोल्पाका डिट्ठा केशव कुमार के.सीले जानकारी दिए।
 
उनका अनुसार दर्ता भएका मुद्दा मध्ये पुरुष बादी भई गाविस कार्यालय मार्फत दर्ता हुन आएको एउटा मुद्दा र अंश सहितको सम्वन्ध विच्छेदको एउटा मुद्धा गरी जम्मा २ वटा मुद्दा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका हुन्।  करिव ३ वर्ष यता जिल्ला अदालत रोल्पामा पुरुषबादी भई गाविस कार्यालय मार्फत एउटा मुद्दामात्र दर्ता हुन आएको छ भने अन्य जम्मै महिला बादी भएका मुद्दाहरु रहेका छन्।
 
सानो उमेरमा प्रेम कायम गरी विवाह गर्ने र विवाह पश्चात श्रीमान् श्रीमती वीच असमझदारी बढ्नु नै सम्वन्ध विच्छेदको मुख्य कारण रहेको जिल्ला न्यायाधिस कमलप्रसाद ज्ञवालीले जानकारी दिए। उनका अनुसार श्रीमानहरु बैदेशिक रोजगारीमा जानु, घरमा भएका श्रीमानले पनि जाँड रक्सी सेवन गरी कुटपिट गर्नु, पश्चिमी संस्कृतिको बढ्दो प्रयोग हुन, तीब्र चाहनाको अभिबृद्धि हुनु, गरिवी बढ्नु, सूचना र प्रविधिको गलत प्रयोग हुनु, धर्म सस्कृति तथा आस्था र परम्पराको पालना नगर्नु, आदि कारणले गर्दा पनि दिनप्रतिदिन सम्वन्ध विच्छेदका घटनाहरुमा बृद्धि आइरहेको हो। 
 
कतिपय अवस्थामा श्रीमानहरु विदेशका खाडी मुलुकमा पुगेर दुःख कष्ट गरी कमाएको धन घरमा पठाउने तर श्रीमतीले त्यसको महत्व नबुझि दुरुपयोग गर्ने र पैसाको कारोबार बुझाउन नसक्दा श्रीमान् श्रीमती वीच  बैमनश्यता कायमहुनगई सम्वन्ध विच्छेद को अवस्थामा पुग्ने गरेको पाइन्छ। रोल्पामा विशेषगरी १८ वर्षदेखि ४५ वर्ष उमेर समूहका जोडीले सम्वन्ध विच्छेद गर्ने गरेका छन्।
 
यसरी बाबु आमाले सम्वन्ध विच्छेद गर्दा बालबालिकामा त्यसको नराम्रो असर पर्ने गरेको जिल्ला न्यायाधिस ज्ञवालीले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ