arrow

क्रिकेट खेल्ने क्रममा खेलाडीको मुत्यु

logo
प्रकाशित २०७५ चैत ७ बिहिबार
cricket-ballhitting-wickets.jpg.jpeg

काठमाडौं । क्रिकेट खेल्ने क्रममा एक भारतीय क्रिकेट खेलाडीको मृत्यु भएको छ । कोलकाता बालीगञ्ज स्पोर्टिङ्ग क्लबबाट खेल्दै आएका २२ वर्षिय सोनु यादवको मृत्यु भएको हो । 

स्पोर्टिङ क्लबमा अभ्यास खेल खेल्ने क्रममा ब्याटिङ गर्दै गर्दा उनको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् । 

खेल्ने क्रममा लडेका उनलाई तत्काल एसएसकेएम हस्पिटल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । 

सेकेन्ड डिभिजन क्रिकेट खेल्दै आएका सोनु एक विकेटकीपर ब्याट्सम्यान रहेको बताइएको छ ।

क्लबको कुनै खेल तालिका नरहेकाले सोनुले साथीहरुसंग अभ्यास खेलिरहेको बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ