arrow

जर्मनी सर्वियासंग बराबरीमै रोकियो, यस्तो छ अन्य खेलको नतिजा 

logo
प्रकाशित २०७५ चैत ७ बिहिबार
germany-serbia.jpg

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा जर्मनी बराबरीमै रोकिएको छ । जर्मनीले सर्वियासँग बराबरी खेलेको हो । घरेलु भोल्सवागेन एरिना मैदानमा जर्मनी सर्वियासँग १–१ गोलको बराबरीमा रोकिएको हो । 

रसिया विश्वकपदेखि नै खराव लयमा रहेको जर्मनी खेलको १२औं मिनेटमा पछि परेको थियो । लुका जोभिकले हेडमार्फत गोल गरेपछि सर्विया खेलमा अघि बढेको थियो । 

Serbia's Jovic celebrates with team-mates after scoring his side's opening goal on Wednesday

युवा खेलाडीको बाहुल्यता रहेको जर्मनीले सुरुमै पछि परे पनि सर्वियामाथि लगातार आक्रमण गरेको थियो ।

Luka Jovic shocked the 2014 world champions with a goal inside the first quarter of an hour

तर सर्बियन गोलरक्षकले उत्कृष्ट प्रदर्शन गरेपछि जर्मनी बराबरी गोल गर्नबाट चुकिरहेको थियो । ६९औं मिनेटमा लियोन गोरेट्काको गोलबाट बराबरी गोल गर्न सफल भयो । 

Milan Pavkov was sent off for a nasty tackle on Manchester City star Leroy Sane

खेलको अन्त्यतिर सर्विया १० खेलाडीमा सीमित बनेको थियो । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा सर्वियाका मिलान पाभकोभ रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । 

Serbia forward Pavkov is shown the red card by Scottish referee Bobby Madden for the foul

युरोकप छनोट खेल्ने तयारीमा रहेको जर्मनीलाई बराबरीले धक्का लागेको छ । विश्वकप फुटबलमा नराम्रोसँग पराजय बेहोरेपछि नयाँ युगको शुरुवात गर्ने लक्ष्यमा रहेको जर्मनीले यसैसाता नेदरल्यान्डसँग खेल्दैछ ।

यस्तो छ अन्य खेलको नतिजा 
ओमानले अफगानिस्तानलाई ५–० ले हरायो । 
सिंगापुरले मलेसियालाई १–० ले हरायो । 
इराकले सिरियालाई १–० ले हरायो ।
वेल्सले ट्रिनिडाड एण्ड टोबागोलाई १–० ले हरायो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ