arrow

भारतलाई हराएर साफ च्याम्पियनसिप जितेर ‘गुड फ्राइडे’ मनाउँदै नेपाली महिला फुटबल टिम 

मुख्य प्रशिक्षक हरि खड्का भन्छन् – हाम्रा केटीहरु निकै उत्साही छन् 

logo
प्रकाशित २०७५ चैत ७ बिहिबार
nepal-women-football.jpg

विराटनगर । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काको भनाइलाई मान्ने हो भने नेपालले यसपटकको साफ च्याम्पियनसिप फुटबल जित्नेछ । शुक्रबार फाइनल खेल हुनु अघि नै खेलाडीहरुको मनोवल उच्च रहेकाले उपाधि यसपटक नेपालले नै जित्ने उनको दावी छ । 

नेपाल फाइनल पुगेपछि फेरि भारतलाई प्रतिद्धन्द्धी पाएको अवस्थामा उनले भने, ‘हाम्रा केटीहरु निकै उत्साही छन् उपाधि जित्छन् ।’

हुनत शुक्रबार विराटनगरको शहीद रंगशालामा भिड्दै गर्दा नेपालले यसअघि नै भारतसंग फाइनलमा तीन पटक भोगेको हारलाई आत्मसात गरेर मैदानमा उत्रनु पर्नेछ । 

पाँचौं साफ महिला च्याम्पियनसिपका तीन संस्करणमा नेपाल फाइनलमा भारतसंग पराजित भएको थियो भने एक पटक सेमिफाइनलबाटै बाहिरिएको थियो । 

हरि भन्छन्, ‘हामीले म्यानमारमा भारतसंग बराबरी र भारतमै पछिल्लो पटक भारतलाई हराएकाले पनि मनोबल उच्च छ । घरेलु मैदानमा पहिलो पटक भइरहेको साफ च्याम्पियनसिप जितेर हाम्रा केटीहरु रेकर्ड राख्न चाहन्छन् त्यो पूरा हुनेछ ।’

नेपालले बुधबार भएको सेमिफाइनल खेलमा श्रीलंकालाई ४–० ले हराएको थियो । अर्को सेमिफाइनलमा भारतले बंगलादेशलाई ४–० ले नै हराउँदै अन्तिम दुईको यात्रा तय गरेको थियो । 

च्याम्पियनसिपमा भारत सबै पाँच संस्करणको फाइनल खेल्ने एक्लो टोली हो । त्यसपछि नेपाल चार पटक फाइनल पुग्न सफल भएको छ । बंगलादेशले एक पटक फाइनल खेलेको छ । यसअघिका चारै संस्करण भारतले जितेको थियो । 

नेपाल भने ५ वर्षपछि फाइनल पुगेको हो । यसअघि सन् २०१६ मा भारतको सिलगुढीमा भने नेपालको यात्रा सेमिफाइनलमा टुंगिएको थियो । त्यतिबेला पनि नेपाल भारतसँग नै पराजित भएको थियो । 

साफ च्याम्पियनसिपमा नेपालले हराउन नसकेको भारत एक्लो टोली हो । त्यसबाहेक सबै टोलीमाथि नेपाल जित हासिल गर्दै आएको छ । पहिलो पटक घरेलु भूमिमा आयोजित च्याम्पिनसिप जित्ने अपेक्षा गरिएको छ । 

यसपटक जित्ने आधार के छ ? 
अनुभवी पूर्व राष्ट्रिय खेलाडी एवं वर्तमान प्रशिक्षक हरि खड्काको भनाइलाई आधार मान्ने हो भने नेपालले शुक्रबार उपाधि जित्छ । पहिलो आधार त घरेलु मैदानमा नेपालले खेलिरहेको छ । 

दोस्रो आधार हो नेपालले गत महिना भारतलाई उसकै भूमिमा हराएको छ । 

तेस्रो आधार हो हरि खड्काले सम्हालेपछि नेपाली टिम सन्तुलित छ । उनले भने, ‘मेरो टिम सन्तुलित छ । केटीहरु उत्साही छन् । केही गर्नुपर्छ भन्ने खालका । हिरो गोल्डकपमा नतिजा देखिहाल्नुभयो ।’

भारत पनि राम्रो छ । नेपालले १० गोल गर्दा भारतले १५ गोल गरेको छ । हरि भन्छ्न् –भारतको डिफेन्स लाइनमा नेपालले हमला गर्छ अनि गोल गर्छ ।’

हिरो गोल्डकपमा नेपालको महिला फुटबल इतिहासमा भारतमाथि पहिलो जित निकालेको यही टिम हो । यसपटक इतिहास अझ मजबुद बनाउने सम्भावना बलियो छ । 

हरि खड्का शुक्रबार दिउँसो ३ बजे सुरु हुने खेल जितेर सम्पूर्ण नेपालीलाई ‘गुड फ्राइडे’ मनाउन हौसाउने मुडमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ