arrow

दुरसंचारको दुरुप्रयोग गरी हुने ठगी घटाउन जनचेतना

logo
पाँचथर
प्रकाशित २०७२ चैत १ सोमबार
Photo2.jpg.jpeg

 

पाचँथर । दुरसञ्चार र इन्टरनेटको दुरुपयोग गरी हुने ठगी घटाउने उदेश्यले जनचेतना मूलक कार्यक्रम आयोजना गरिएको छ । एनसेल र जिल्ला प्रहरी कार्यालय, पाँचथरले आयोजना गरेको सो कार्यक्रममा सामाजिक सन्जालको दुरुपयोग गरी हुने घटना कसरी रोक्न सकिन्छ भनेर छलफल गरिएको छ ।

 पाँचथर सदरमुकाम फिदिममा आयोजना गरिएको सो कार्यक्रम संभावित दुरसञ्चारको दुरुपयोग गरी हुने ठगीबाट कसरी बच्ने, सामाजिक संजालमा कसरी जिम्मेवारीपूर्वक प्रस्तुत हुने भन्नेबारेका केन्द्रीत रहेको थियो ।

सूचना तथा संचार प्रविधिको विकाससँगै युवाहरु दूरसञ्चार सेवा, फेसबुक र ट्विटर जस्ता सामाजिक संजाल र साइबरको दुनियामा द्रुत गतिमा जोडिरहेका छन् । तर यिनको विवेकपूर्ण प्रयोग उत्तिकै महत्वपूर्ण हुन्छ । विशेष गरी प्रविधि र सामाजिक संजालको दुरुपयोगले ठगी, व्यक्तिगत जानकारी तथा निजी जिवनका गोपनियतामा असर हुनसक्ने भएकोले यस्ता विसंगतिबाट बच्न युवा तथा विद्यार्थीलाई दुरसञ्चारको दुरुपयोग गरी हुने ठगी तथा कसरी सामाजिक संजालमा उपस्थिति जनाउने भन्नेबारे महत्वपुर्ण जानकारी प्रदानगरिएको थियो ।

विद्यार्थी,शिक्षक तथा स्थानीय युवा लगायत स्थानीय प्रशासन तथा सम्बन्धित निकायका उच्चपदाधिकारीको उपस्थिति रहेको उक्त कार्यक्रमा वक्ताहरुले सामाजिक संजालहरुको सही सदुपयोगले सुचना र ज्ञानमा पहुँच बढाई स्वच्छ समाजको निर्माणमा योगदान पुर्याउने बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यलय, पाँचथरका प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाद कोईरालाले इन्टरनेट तथा सामाजिक संजाल चेतना सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । उनले कसरी सामाजिक संजालहरुमा आफुलाई सुरक्षित राख्ने र नेपालको साइबर सम्बन्धि कानुन लगायतका विषयमा जानकारी दिएका थिए ।

त्यसैगरी एनसेलका फ्रड इन्टेलिजेन्स एक्सपर्ट सचिन्द्र प्रधानले सिम र टेलिकमको दुरुपयोग गरी हुने ठगीका बारेमा कार्यपत्र प्रस्तुत गरेको थिए । उनले ‘आइडेन्टीटी थेफ्ट’ र यसबाट बच्ने उपायबारे जानकारी प्रदान गरे ।

सो कार्यक्रममा स्थानीय विकास अधिकारी कोमल प्रसाद धमला, पाँचथर सहायक प्रमुख जिल्लाअधिकारी केशव रिमाल, पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेब ढुङ्गाना, फिदिम उच्च माविका प्रधान अध्यापक दुर्गाराज खत्री लगायतका वक्ताले सामाजिक संजालको सही प्रयोग र यसको महत्वको बारेमा मन्तब्य राखेका थिए ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ