arrow

न्यूजिल्याण्डमा सबै प्रकारका हतियारमा प्रतिबन्ध, जनताका हतियार सरकारले किन्ने 

logo
प्रकाशित २०७५ चैत ७ बिहिबार
new-zealand-jacinda.jpg

काठमाडौं । न्युजिल्याण्डमा दुई मस्जिदमा भएको आक्रमणमा ५० जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएपछि सरकारले सबै किसिमका हतियारमा प्रतिबन्ध लगाएको छ । 

प्रधानमन्त्री जासिन्डा आर्डेनले खुलमखुला बिक्री भइरहेका सुरक्षा बलले प्रयोग गर्ने किसिमका सबै प्रकारका हतियारमाथि प्रतिबन्ध लगाउने घोषणा गरेकी हुन्।

गत शुक्रबार स्वचालित बन्दूकको प्रयोग गरी एक जना आक्रमणकारीले ५० जनालाई मारेपछि प्रधानमन्त्री आर्डेनले यस्ता हतियारहरु खुल्ला बिक्री गर्ने कानुन संशोधन गरी प्रतिबन्ध लगाउने बताएकी हुन् । 

सो कानुन आगामी अप्रिल ११ सम्ममा कार्यान्वयनमा ल्याउने तयारी गरिएको बीबीसीले जनाएको छ। 

यसैबीच सरकारले बजारमा बिक्रीका लागि राखिएका र नागरिकसँग भएका सबै हतियार आफैले खरिद गर्नेसमेत निर्णय गरेको छ।

बिक्रीमा प्रतिबन्ध लगाएसँगै मुलुकमा अनुमति पत्र प्राप्त गरी हतियार राखेका व्यक्तिहरुलेसमेत अब हतियार राख्न पाउने छैनन् ।

प्रधानमन्त्री आर्डेनले सरकारलाई साथ दिन सबै नागरिकसंग अपीलसमेत गरेकी छिन् । गत शुक्रबारको उक्त घटनालाई न्युजिल्याण्डले कालो दिनको रुपमा चित्रित गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ