arrow

भारतमा भवन ढलेर कम्तीमा ७ जनाको मृत्यु, ६० जनाको उद्दार 

logo
प्रकाशित २०७५ चैत ७ बिहिबार
building-collapse.jpeg

काठमाडौं । भारतको कर्नाटकमा भवन ढलेर अहिलेसम्म सात जनाको मृत्यु भएको छ । धारवाडमा मंगलबार चार तल्ले निर्माणाधीन भबन ढलेको थियो । 

घटनामा अहिलेसम्म ७ जनाको मृत्यु भएको छ भने उद्दारकर्मीले अहिलेसम्म ६० जनालाई बाहिर निकालेका छन् । 

उद्दार गरिएकामध्ये धेरैजसोको अवस्था गम्भीर रहेको बताइएको छ । 

प्रहरीले घटनापछि राहत एवं बचाउकार्य तीव्रताका साथ गरे पनि मृतकको संख्या कम गर्न सकेन ।

पीडितहरु धेरैजसो उत्तर भारतका प्रवासी मजदूर हुन् । 

मुख्यमन्त्री एचडी कुमारस्वामीले घटनामाथि दुःख जताउँदै बचाउ कार्यलाई जोड दिन आग्रह गरेका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ