arrow

दश हजार कित्ता सेयर किने प्रधानमन्त्री ओलीले 

सरकार अब सेयरमुखी भएको हो त ? 

logo
प्रकाशित २०७५ चैत ७ बिहिबार
share-oli.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ता सेयर किनेका छन् । बिहीबार त्रिशुली–३ (बी) आयोजना सम्पन्न गर्न ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी’अभियान अन्तर्गत खुला गरिएको सेयरमा प्रधानमन्त्री ओलीले पहिलो सेयर किनेका हुन् । 

बिहीबार खुला गरिएको सेयरको पहिलो खरिदकर्ता नै ओली भएका हुन् । 

उनले सेयर भर्न आब्हान समेत गरेका छन् । उनले ट्वीटरमा भनेका छन्, –भर्खरै मैले १० हजार कित्ता शेयर खरिद आवेदन दिएँ । आफ्नो देश आफैं बनाउन म देशभित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा आह्वान गर्दछु।

सरकार अब सेयरमुखी भएको हो त ? 
यो खरिदसंगै ओली सरकार सेयरमुखी भएको हो कि भन्ने परेको छ । ओली सरकार गठन भएपछि सेयरमा गिरावट आएको छ । 

प्रधानमन्त्री ओली आफै सेयरमा लगानी गर्न उत्रिएपछि सेयरबजार बढ्ने अनुमान गर्न सकिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ