arrow

सेनाका गुल्मपति पुडासैनी बर्दियामा रक्तदान गरि चर्चामा, थाहा पाउने वित्तिकै गर्छन रक्तदान

logo
मुरली गोडिया,
प्रकाशित २०७५ चैत ७ बिहिबार
Raktadan.jpg

गुलरिया । आपत विपद्मा सहयोग गर्दै आएका नेपाली सेनाका एक अधिकृतले बिरामी भइ अप्ठयारोमा परेकी एक महिलालाई रक्तदान दिएर जीवन बचाउन सहयोग गरेका छ्न् ।

काठमाडौं घर भई नेपाली सेना भैरव प्रसाद गण गुलरिया ४ तुलापुर क्याम्प सुरक्षा गुल्मका गुल्मपति ३७ वर्षीय  सेनानी उपेन्द्र पुडासैनीले सो सहयोग गरेका हुन । पुडासैनीले बारबर्दिया नगरपालिका घर भई भेरी अस्पताल नेपालगंजमा ए प्लास्टिक एनिमियाको उपचार गराइरहेकी २२ वर्षीया राजमति थारुलाई रक्तदान गरेर सहयोग गरेका हुन् ।

बुधबार मध्यान्ह गुलरियास्थित रक्त सञ्चार केन्द्र पुगि उनले १ पिण्ट ओ पोजिटिभ व्लड रक्तदान गरेका हुन् । बर्दिया र बाँकेमा रगत अभाव भएपछि बर्दिया अस्पताल गुलरियाले नेपाली सेना भैरव प्रसाद गण गुलरिया ४ तुलापुर क्याम्प सुरक्षा गुल्ममा वुधवार विहान फोन गरेको र रगत आवश्यक भएको थाहा पाएपछि आफु स्वयम रक्तदान गर्न लागि रक्त सञ्चार केन्द्र पुगेको सेनानी पुडासैनीले बताए ।  

रगत आवश्यक परेका बेला रक्तदान गरेर पुडासैनीले पुण्य र भलाइको काम गरेको रक्त सञ्चार सहायक प्रतिक्षा दहितले बताइन् । कसैलाइ रगत आवश्यक छ भन्ने सुन्ने बितीकै उनी आफै रक्त सञ्चार पुगि रक्तदान गर्ने गरेका छन्। गुल्मपति सेनानी पुडासैनीले हालसम्म ४ पटक रक्तदान गरि रगत अभावको समस्यामा परेकालाइ सहयोग गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ