धर्मस्थलीमा लायन्स क्लबको २करोड ८० लाख सहयोगमा बिद्यालय भबन बन्ने
ऋषि बस्याल,
प्रकाशित २०७५ चैत ७ बिहिबार
677
Shares
काठमाडौं । लायन्स क्लब अफ काठमाडौं तारकेश्वोर लगायत १४ वटा स्थानिय क्लबको सुपरिबेक्षणमा ग्रामसेवा माबि धर्मस्थलीको ८ कोठे भबनको शिलान्यास गरिएको छ।
ग्राम सेवा मा बि धर्मस्थली विद्यालय भवन शिलान्यास कार्यक्रममा उपस्थित लायन सदस्यहरु तथा एल सि आइ एफ एरिया लिडर लायन बालकृष्ण बुर्लाकोटी, प्रमुख अतिथी तार्केश्वोर नगर उपमेयर भवानी डोटेल धिताल, डिस्ट्रीक प्रथम भाइस गभर्नर लायन इन्दु लम्साल दितिय भाइस गभर्नर लायन मन बहादुर रोक्का, पि डि जि लायन युक्त प्रसाद श्रेष्ठ, एड्भाइचर लायन उदय कुमार नेपाल, डिपुटी चिफ लायन लायन शिव नारायण श्रेष्ठ, सिनियर ए ओ जि लायन लायन महेन्द्र पौडेल , लायन शिव राम फुयाल , ए ओ जि लायन जनार्दन फुयाल , लायन बिष्णु हरि फुयाल , पि आर ओ लायन राजु चालिसे , रिजन चेयर पर्सन लायन राम बाबु फुयाल, लायन लक्ष्मण तिमील्सिना, जोन चेयर पर्सन लायन खड्ग बहादुर लामा , लायन सर्बज्ञ राज पौडेल लगायत १४ क्लब प्रेसिडेन्ट र क्लब पदाधिकारीहरुको उपस्थिती मा सम्पन्न गरिएको हो ।
करिब २ करोड ८० लाखको लागतमा बन्ने भबन आगामी १८ अक्टोबर २०१९ का दिन बिद्यालयलाई हस्तान्तरण गर्ने योजना रहेको एल सि आइ एफ एरिया लिडर बालकृष्ण बुर्लाकोटीले बताए।