arrow

एट्लान्टिक सागरमा डुब्यो २ हजार कार बोकेको जहाज

logo
प्रकाशित २०७५ चैत ७ बिहिबार
ship-fire.jpg

काठमाडौं । इटालीको एक कन्टेनर जहाज फ्रान्सको समुद्री किनाराबाट करिब २ सय २५ किलोमिटर पर पुगेपछि आगो लागेर डुबेको छ । ग्रान्दे अमेरिका नामको यो जहाज जर्मनीको ह्याम्वर्गबाट मोरक्कोको कैसाब्लान्का जाँदै थियो ।

 त्यहाँबाट यो जहाज ब्राजिल जाने तयारीमा थियो । मार्च १२ मा उक्त जहाज दुर्घटनामा परेको थियो । अहिले उक्त जहाजको तस्वीर पनि सार्वजनिक गरिएको हो ।

जहाजमा सवार सबै २७ जना मानिसहरुलाई बचाइएको थियो । उक्त जहाज २८ हजार टन तौलको थियो । जहाजको तेल समुद्रमा फैलिएको छ । फ्रान्सको नौसेना अहिले यसको सफाइ गरिरहेका छन् । यसमा २ हजार कार थिए । जसमा ३७ कार प्रोस्क कम्पनीका थिए । जसको मूल्य साढे ३ करोडसम्मका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ