arrow

कांग्रेसको मत गणना सकियो, प्रदेशमा को-को निर्वाचित भए ? (सूचीसहित)

logo
प्रकाशित २०७२ चैत १ सोमबार
congres-mat-ganana.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेससको केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मत गणना सकिएको छ । प्रदेश तर्फको मत गणना सम्पन्न भएसंगै निर्वाचनको मत गणना सकिएको हो । मत परिणाम अनुसार शेरबहादुर देउवा पक्ष र रामचन्द्र पौडेल पक्षका बराबर सदस्य निर्वाचित भएका छन् । 
विजयी हुने मध्ये प्रदेशबाट सबै भन्दा बढी मत हृदयराम थानीले ल्याएका छन् । उनले १६ सय १२ र दिलेन्द्रप्रसाद बडूले १६ सय २ मत ल्याएका छन् । थानी र बडू दुवै रामचन्द्र पौडेल समूहका हुन् । 
 
प्रदेश १ 
गुरुराज घिमिरे –१३४०
भिष्मराज आङदम्बे –१२०८
 
प्रदेश २ 
आन्नन्द प्रसाद ढुंगाना –१४६१
रमेश रिजाल – १४५७
 
प्रदेश ३ 
नविन्द्रराज जोशी –१२२५
मोहन बहादुर बस्नेत –१०६७
 
प्रदेश ४
गोविन्द भट्टराई –१२९९
सुरेन्द्र राज पाण्डे –१२८६
 
प्रदेश ५ 
दिपक गिरी–१४७२
देवेन्द्रराज कंडेल–१३४७
 
प्रदेश ६
हृदयराम थानी –१६१२
जीवन बहादुर शाही–१५२६
 
प्रदेश ७ 
दिलेन्द्रप्रसाद बडू –१६०२
बिरबहादुर बलायर–१३८५
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ