arrow

मोदी वाराणसीबाट लड्ने, अमितलाई गान्धीनगर, १८४ जनाको लिष्टमा अटेनन् आडवाणी

logo
प्रकाशित २०७५ चैत ८ शुक्रबार
bjp2.jpg

काठमाडौं । भारतीय जनता पार्टी भाजपाले लोकसभा चुनावका लागि बिहीबार १८४ जनाको नाम सार्वजनिक गरेको छ । 

जारी लिष्टअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि पनि वाराणसीबाट टिकट पाएका छन् । तर ९१ वर्षीय लालकृष्ण आडवाणीले भने टिकट पाएनन् । उनको ठाउँ गान्धीनगरबाट अध्यक्ष अमित शाह मैदानमा उत्रने भएका छन् । 

आडवाणी आफैले सिट नछोडे पनि पार्टीले निर्णय लिएको बताइएको छ । सन् १९८९ मा पहिलो पटक लोकसभा चुनाव जितेका आडवाणी लगातार आठ पटक लोकसभा सदस्य रहे । 

गान्धीनगरबाट उनले ६ पटक चुनाव जितेका थिए । 

मोदीका लागि सन् २०१४ मा मुरली गडकरीले वाराणसी छोडेर कानपुरबाट चुनाव जितेका थिए । 

कानपुरबाट अहिलेसम्म घोषणा भएको छैन । त्यसैगरी नागपुरबाट पूर्व अध्यक्ष नितिन गडकरी, लखनउबाट राजनाथ सिंहले टिकट पाएका छन् । 

पहिलो लिष्टमा बलिउड अभिनेत्रीहरु हेमा मालिनी र स्मृति इरानी पनि परेका छन् ।

त्यसैगरी पुनम महाजन, प्रितम मुन्डेसहित २० महिलाले टिकट पाएका छन् ।

इरानीले दोस्रो पटक अमेठीबाट टिकट पाएकी हुन्। पछिल्लो पटक उनी कांग्रेस अध्यक्ष राहुल गान्धीसंग चुनाव लडेकी थिइन् । 

हेमा मालिनीले मथुराबाट टिकट पाएकी हुन् । 

पहिलो लिष्टमा चार जना मुस्लिम पनि परेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ