arrow

हिन्दूवादी मोदीको भाजपाले दियो चार मुस्लिमलाई टिकट

logo
प्रकाशित २०७५ चैत ८ शुक्रबार
bjp.jpeg

काठमाडौं । भारतीय जनता पार्टी भाजपाले लोकसभा चुनावका लागि बिहीबार १८४ जनाको नाम सार्वजनिक गरेको छ ।

हिन्दूवादी प्रधानमन्त्री नरेन्द्र मोदीको भाजपाले चार जना मुस्लिम समुदायका नेताहरुलाई उम्मेदवार बनाएको छ । 

हिन्दूवादी छविलाई अगाडि बढाउनका लागि भाजपाले मुस्लिम धर्मप्रति आस्थावानलाई चुनावमा सहभागी नगराउने आँकलन विपरीत चार जनालाई टिकट दिइएको हो । 

यी चार उम्मेदवारहरु उत्तर प्रदेश वा महाराष्ट्रबाट नभइ जम्मू कश्मीर र लक्षद्धीपजस्तो मुस्लिम मतदाता बढी भएको स्थानबाट दिइएको हो । 

जम्मू कश्मीरको बारामुलाबाट एमएम वार, श्रीनगरबाट खालिद जहांगीर र अनन्तनागबाट सोफी यूसफलाई टिकट दिइएको छ । 

त्यस्तै लक्षद्धीपबा अब्दुल खादिरलाई टिकट दिइएको छ । जम्मू कश्मीरबाट पाँच सिटमा उम्मेदवार चुनिएकामा उधमपुरबाट डा जितेन्द्र सिंह तथा जम्मूबाट जुगल किशोर शर्मालाई टिकट दिइएको छ । 

भाजपाले उत्तर प्रदेशको मुस्लिम बाहुल्यता भएको सिटमा हिन्दू उम्मेदवार उठाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ