arrow

प्रदेशमा सबैभन्दा बढी मत ल्याउने दुई जना रामचन्द्र पक्षधर ?

logo
प्रकाशित २०७२ चैत १ सोमबार
thani-&-badu.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा सात प्रदेशबाट निर्वाचित हुने १४ सदस्यमा सबैभन्दा बढी मत ल्याउने रामचन्द्र पौडेल पक्षधर रहेका छन् । 
 
विजयी हुने मध्ये प्रदेशबाट सबै भन्दा बढी मत हृदयराम थानीले ल्याए । थानी प्रदेश ६ बाट निर्वाचन लडेका हुन् । प्रदेश ६ मा २ सिटका लागि पाँच जनाबीच प्रतिस्पर्धा भएको थियो । उनले १६ सय १२ मत ल्याए उनका निकटतम प्रतिद्वन्द्वी जीवन बहादुर शाही १५ सय २६ मत ल्याएर विजयी भए । थानी र शाहीको मतान्तर ८६ रहयो । 
 
गोपाल जी जंग शाह १३ सय ८४ मत ल्याएर पराजित भए । शाही शेरबहादुर देउवा पक्षधर हुन् । थानी पछी बढी मत ल्याउने रामचन्द्र पौडेल पक्षधर दिलेन्द्रप्रसाद बडू रहे । बडूले १६ सय २ मत ल्याए । बडूसंगै निर्वाचित भएका बिरबहादुर बलायरले १३ सय ८५ मत ल्याए । उनी देउवा पक्षधर हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ