arrow

नेपालले कुवेतविरुद्ध बराबरी खेल्यो, पाँच खेलाडीको डेब्यु

logo
प्रकाशित २०७५ चैत ८ शुक्रबार
nepal-kuwait.jpg

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले कुवेतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी गरेको छ । नवनियुक्त प्रशिक्षक योहान कालीनले कुवेतविरुद्ध पाँच नयाँ खेलाडीलाई डेब्यु गराउँदै बराबरीको नतिजा दिलाएका हुन् । 

नेपाल दुई खेलको मैत्रिपूर्ण खेलका लागि कुवेत गएको हो । पाँच डेब्यु खेलाडीको पहिलो रोजाइमा कालिनले डिफेन्डर अजित भण्डारीलाई मौका दिएका थिए । 

पुलिसकै मिडफिल्डर रवी पासवानले पनि कुवेतविरुद्ध डेब्युको अवसर पाए । रवीले खेलको ६१ औं मिनेटमा सुमन लामाको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् । 

नेपाल पुलिस क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका रवीले यसअघि मनाङ मर्स्याङदी क्लबबाट पनि खेलिसकेका छन् । 

फरवार्ड विमल रानाले पनि कुवेतविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरे । खेलको ७३ औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गर्दै विमलले डेब्यु गर्ने अवसर प्राप्त गरे ।

मनाङका डिफेन्डर सुरज विकले पनि डेब्युको अवसर पाए । सुरजले अजित भण्डारीको स्थानमा ८३ औं मिनेटमा मैदान छिर्दै राष्ट्रिय टोलीका लागि पहिलो खेल खेले । 

त्यसअघि मिडफिल्डर सन्तोष तामाङले पनि पहिलो पटक राष्ट्रिय टोलीको जर्सी पहिरिए । खेलको ८१ औं मिनेटमा सन्तोषले भरत खवासको स्थान लिँदै मैदान प्रवेश गरे । 

प्रशिक्षक कालिनले अब दोस्रो खेलमा कस्तो रणनीति बनाउलान् चासोको विषय रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ