arrow

कर्णाली करिडोर अन्तर्गत बाजुरा खण्डको सडक उद्घाटन

logo
जनक बोहरा,
प्रकाशित २०७५ चैत ८ शुक्रबार
phota1.jpg

बाजुरा । बाजुरामा रहेको कर्णाली करिडोर अन्तर्गत बाजुरा खण्डमा शुक्रबार लैफुदेखि हिमाली गाँउपालिकाको लेब्डीसम्मको सडक संचालन भएको छ ।  बिहिबार एक औपचारिक कार्यक्रमका बिच सडकको माननीय सांसद लाल बहादुर थापाले उद्घाटन गरे।
 
सडक उद्घाटनपछि बाजुराका दुर्गम ठाउँका जनताले गाडी चढन पाउने भएका छन् । यातायात सञ्चालनपछि मुगु हुम्ला र बाजुराका पुर्बीउत्तर क्षेत्रका ३ गाउँपालिका १ नगरपालिकाका स्थानीयले यातायात सबिधा पाउने भएका हुन् ।
   
बाजुरा जिल्लाको महत्वपूर्ण मार्गका रुपमा रहेको कर्णाली करिडोर खण्ड अन्तर्गतको ३५ किलोमिटर सडक खण्डको जगन्नाथको लैफूदेखि हिमाली गाउँपालिकाको लेब्डीसम्मको यातायात सञ्चालन गर्न बाजुराका जिल्ला आर्थात केन्द्र स्तरका नेताहरु बाजुरा पुगेका थिए ।
 
त्यस्तै कार्यक्रममा राष्ट्रिय सभाका सदश्य बद्रीप्रसाद पाण्डे, नेकपा सुदुरपश्चिम अध्यक्ष कर्णबहादुर थापा, सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन प्रकाश बहादुर शाह, प्रदेश क का सांसद बलदेब रेग्मी, पूर्व भूमीसुधारमन्त्री जनकराज गिरी, पूर्व भुमिसुधार सहायक मन्त्री जनकराज गिरी, युवा संघका केन्द्रीय सचिव नरेश कुमार शाही, पूर्व सांसद हिक्मत जंग शाही लगायतका नेताहरु सहभागिता थियो ।
 
त्यसैगरी जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्रकुमार रोकाया, विभिन्न नगरपालिका र गाउँपालिका प्रमुखहरु लगायत जनप्रतिनिधिहरु, पत्रकारहरु लगायतको सहभागिता रहेको थियो । जगन्नाथ गाउँपालिकाको पिलुचौरमा जगन्नाथ, हिमाली र स्वामीकार्तिक खापर गाउपालिकाको संयुक्त आयोजनामा आज पिलुचौरमा एक कार्यक्रमको आयोजना गरि सडकको सुभारम्भ गरिएको बताइएको छ ।  

 कार्यक्रममा कालीकोटका प्रमुख जिल्ला अधिकारी पनि  पिलुचौर आएका थिए । कर्णाली करिडोर सडकको बाजुरा खण्डमा आजदेखि यातायात सञ्चालनमा लयाइएपछि बाजुरामा जनतामा पनि उत्साह छाएको छ ।

बाजुरासंगै हुम्ला र मुगुका नागरिक समेतले सडक यातायातको उपयोग गर्न पाउने भएका छन् । कर्णाली करिडोरको निमार्ण कार्य हाल नेपाली सेनाले गरिरहेको छ । कुल २ सय ८५ किलोमिटर कर्णाली करिडोरको बाजुरामा ४३.५ किलोमिटर सडक  रहेको छ । आजबाट सो बाजुराको सो सडकखण्डमा  २ जिप र २ ओटा मिनिटक संचालन भएका छन् भने प्रतिकिलोमिटरको ११ रुपैँयाका दरले भाडादर कायम गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ