arrow

भाजपा प्रवेश गरे गौतम गम्भीर

logo
प्रकाशित २०७५ चैत ८ शुक्रबार
gautam-gambhir.jpg

काठमाडौं । भारतीय पूर्व क्रिकेटर गौतम गम्भीर शुक्रबार भारतीय जनता पार्टी (भाजपा) प्रवेश गरेका छन् । भाजपा प्रवेश गर्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदीबाट प्रभावित भएर भाजपा प्रवेश गरेको बताए ।

 केन्द्रीय मन्त्री अरूण जेटली र रवि शंकर प्रसादको उपस्थितिमा उनि भाजपा प्रवेश गरेका हुन् ।  उनी भाजपाका तर्फबाट दिल्लीबाट चुनाव लड्न सक्ने तयारीमा रहेका छन् । भाजपाले तीन नयाँ अनुहारलाई टिकट दिने तयारी गरेको बताइएको छ । सोही नाममा गौतम गम्भीरको पनि रहेको थियो।

लामो समयदेखि टिम इन्डिया बाहिर रहेका गम्भीरले भारतका लागि ५८ टेस्ट, १४७ वान–डे, ३७ टी–२० म्याच खेलेका छन् । यसका साथै उनले आईपीएलमा १५४ म्याच खेलेका छन् । आईपीएलमा कोलकाता नाइटराइडर्सले उनको कप्तानीमा दुई पटक उपाधि पनि जितेको छ ।

पछिल्लो संस्करणको आईपीएलमा भने गौतम गम्भीर दिल्ली डेयरडेभिल्समा आवद्ध थिए । तर प्रतियोगितामा अपेक्षित नतिजा  नआएपछि उनले टिमको कप्तानबाट राजीनामा दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ