- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी। पाकिस्तान सरकारले ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता पाकिस्तानमा प्रसारण गर्न नपाईने बताएको छ। पाकिस्तानका सुचना तथा प्रसारण मन्त्री फवाद अहमद चौधरीले जानकारी दिएका छन्।
गत महिना भएको पाकिस्तान सुपर लिग क्रिकेट प्रतियोगिता भारतले आफ्नो देशमा प्रसारण गर्न प्रतिबन्ध लगाएको थियो। पुलोवामा आक्रमण पछि भारतले उक्त कदम चालेको थियो।
उक्त भारतीय कार्यको जवाफ स्वरुप पाकिस्तानले आईपीएललाई प्रतिबन्ध लगाएको हो । पाकिस्तान राजनीति र क्रिकेटलाई फरक राख्न चाहान्थ्यो तर भारतले क्रिकेटलाई राजनीतिसँग जोडेकोले आफुहरु बाध्य हुनु परेको चौधरीले बताएका छन्।
अष्ट्रेलिया बिरुद्धको एकदिवसिय खेलमा भारतले सैनिक टोपी लगाएर क्रिकेट खेलेको पाकिस्तानले राम्रो मानेको थिएन। उक्त कार्यमा कुनै पनि कारवाही नभएकोमा पाकिस्तानले खेद जनाएको छ। आईपीएलका खेलहरु २३ मर्च शनिवारदेखि भारतमा शुरु हुँदैछ।