arrow

सावित्रा भण्डारीले ५ मिनेटमै फर्काइन भारतमाथि जवाफी गोल 

logo
प्रकाशित २०७५ चैत ८ शुक्रबार
Sabitra_Bhandari.jpg

काठमाडौं । पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको शुक्रबार भएको फाइनल खेलमा नेपालले भारतमाथि ५ मिनेटको अन्तरमा नै जवाफी गोल फर्काएको छ । खेलको २६ औं मिनेटमा भारतका लागि शालिमा शिल्परले गरेको गोलको ५ मिनेटमा नै नेपालले जवाफी गोल फर्काएको हो । 

खेलको ३२ औं मिनेटमा नेपालका लागि सावित्रा भण्डारीले पहिलो गोल हानिन् । यससँगै भारत र नेपालको बराबर गोल भएको छ । घरेलु मैदानमा भएको खेलमा नेपालले भारतमाथि दबाब सिर्जना गरिरहेको भएपनि भारतले अन्तिममा गोल हानेको थियो फेरि तत्कालै नेपालले पनि गोल फर्काएको हो । समूह ‘ए’ को विजेता नेपाल सेमिफाइनलमा श्रीलङ्का र समूह ‘बी’ को विजेता भारत बङ्गलादेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ