arrow

पहिलो हाफमा बराबरी गोलमा टुङ्गियो नेपाल-भारतबीचको रोचक फाइनल

logo
प्रकाशित २०७५ चैत ८ शुक्रबार
football_saff.JPG

काठमाडौं । पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको शुक्रबार भएको फाइनल खेलको पहिलो हाफ बराबरीमा रोकिएको छ । भारतीय टिमले गरेको पहिलो गोलमाथि ५ मिनेट भित्रै नेपाली टीमकी सावित्रा भण्डारीले जवाफी गोल फर्काएपछि नेपाल र भारतबीचको फाईनल खेल बराबरीमा रोकिएको हो । 

निकै आकर्षक देखिएको खेलमा अधिकांश समय नेपाली टोलीले भारतमाथि दबाब सिर्जना गरेपनि गोल भने बराबरीमा सीमित भएको हो । खेलको २६ औं मिनेटमा भारतका लागि शालिमा शिल्परले गरेको गोलको ५ मिनेटमा नै नेपालले जवाफी गोल फर्काएको हो । 

पछि २ मिनेट थपिएको समयसम्म पनि नेपाली टिमकी अनिता बस्नेत र सावित्रा भण्डारीको प्रदर्शन उत्कृष्ट थियो । यससँगै भारत र नेपालको बराबर गोल भएको छ । घरेलु मैदानमा भएको खेलमा नेपालले भारतमाथि दबाब सिर्जना गरिरहेको भएपनि भारतले अन्तिममा गोल हानेको थियो फेरि तत्कालै नेपालले पनि गोल फर्काएको हो । समूह ‘ए’ को विजेता नेपाल सेमिफाइनलमा श्रीलङ्का र समूह ‘बी’ को विजेता भारत बङ्गलादेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

यो आयोजना काठमाडौं बाहिर भएको पहिलो अन्तराष्ट्रिय फुटबल प्रतियोगिता हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ