arrow

भारतका लागि ७६ औं मिनेटमा तेस्रो गोल अञ्जु तामाङको 

logo
प्रकाशित २०७५ चैत ८ शुक्रबार
goool_india1.JPG

काठमाडौं । पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको शुक्रबार भएको फाइनल खेलको ७६ औं मिनेटमा भारतले नेपालसामु आफ्नो तेस्रो गोल हानेको छ । नेपाल विरुद्धको फाईनल खेलमा भारतीय टीमको लागि अञ्जु तामाङले तेस्रो गोल हानेकी हुन् । 

पहिलो हाफमा एक एक गोलको बराबरीमा रोकिएको खेल दोस्रो हाफमा भने भारतले नेपालमाथि दबाब सिर्जना गर्दै थप २ गोल हान्न सफल भएको थियो । यो सँगै अहिलेसम्म भारत नेपालभन्दा दुई गोलले अघि गएको छ । भारतीय टिमले गरेको पहिलो गोलमाथि ५ मिनेट भित्रै नेपाली टीमकी सावित्रा भण्डारीले जवाफी गोल फर्काएपछि नेपालले भारत विरुद्ध अर्को गोल हान्न सकेन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ