arrow

साफ महिला फुटबल : चौथो पटक पनि नेपाल भारतसँग पराजीत 

logo
प्रकाशित २०७५ चैत ८ शुक्रबार
India_win.JPG

काठमाडौं । नेपालले साफ महिला खेलकुदको शुक्रबारको खेलमा नेपाल भारतसँग ३ १ गोल अन्तरले पराजीत भएको छ । घरेलु मैदानमा भएको खेलमा नेपालका लागि सावित्रा भण्डारीले १ गोल गर्नु बाहेक अरु कसैले पनि गोल हान्न सकेनन् । भारतका ३ जनाले ३ गोल हानी भारतलाई विजयको शिखरमा पुर्याउन सफल भएका हुन् । 

खेलको २६ औं मिनेटमा भारतकालागि शालिमा शिल्परले पहिलो गोल हानेकी थिईन् । त्यसको ५ औं मिनेटमा नै नेपालकी सावित्राले जवाफी गोल फर्काएकी थिईन् । त्यसपछि खेलको ६२ औं मिनेटमा भारतकी ग्रेस दाम्नेले भारतीय टीमको लागि दोस्रो गोल हानेकी थिईन् । फाइनल खेलको ७६ औं मिनेटमा भारतले नेपालसामु आफ्नो तेस्रो गोल हानेको थियो जसमा भारतीय टीमको लागि अञ्जु तामाङले गोल हानेकी थिईन् । 

यो साफ खेलमा नेपाल र भारतबीचको चौथो भीडन्त हो भने नेपालले चारै पटक भारतसँग हार बेहोरेको थियो । शुक्रबारको फाईनल खेलम पहिलो हाफमा एक एक गोलको बराबरीमा रोकिएको खेल दोस्रो हाफमा भने भारतले नेपालमाथि दबाब सिर्जना गर्दै थप २ गोल हान्न सफल भएको थियो । यो सँगै अहिलेसम्म भारत नेपालभन्दा दुई गोलले अघि गएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ